Nepali date


शनिबार, भदौ ७, २०७६

एनआरएनए जापानले आठौं बार्षिक साधारणसभा पश्चात के-के गर्यो त ?

टोकियो । एनआरएनए जापानको नाकानो जिरोहलमा सम्पन्न आठौं बार्षिक साधारणसभा पश्चातका रासप जापानले गरेका कामको बिवरण ।

👉नेपाली लगानी कर्ता र जापानी लगानी कर्ता बिच लगानि समिनार नेपाली राजदुतावास टोकियो को आयोजनामा एनआरएनए जापान र एनविय सह-आयोजक रहि २०१९ फ्रेवरी ५ तारिक सेमिनार सम्पन्न भयो ।

👉जापानमा रहेका बिभिन्न नेपाली बिज्ञहरुको तथ्याङ संकलन गरि देशको समृद्धि र बिकासको लागि नेपाल सरकारलाई सुझावदिन data base संकलन गर्ने कार्य पहिलो पल्ट प्रारंभ गरियो।

👉एनआरएनए जापान स्थापना भएको मिति २००४ फ्रेवरी ११ तारिक १५ औं बार्षिक उत्सव सहित वनभोज कार्यक्रम आयोजना गरियो जसमा संयोजकमा अनिता गुरुङ, कालिका थापा र सविता श्रेष्ठ रहनु भएको थियो।

👉गैर आवासिय नेपाली संघको अभियान तथा संयुक्त लगानीका अवसर सम्बन्धि कार्यक्रम सँगै म्याग्दीको ठुलो खोलाको योजनामा रहेको हाइड्रो पावरमा लगानी र एनआरएन अभियन्ताहरुलाई प्रशिक्षण दिने कार्य सिजोओका, नागोया र टोकियोमा मार्च १५ र १७ तारिख केन्द्रिय अध्यक्ष भवन भट्ट र महासचिब बद्रि केसी को उपस्थितिमा सम्पन गरियो।

👉२०१९ मार्च १० तारिक बिस्व सुबेदिको संयोजकत्वमा १३ सदस्यिय समिति रहने गरि चिवा तदर्थ समिति गठन गरियो, सहजिकरण को लागि ज़िम्मेवारी उपाध्यक्ष शिव प्रसाद पौडेललाई दिईएको थियो।

👉२०१९ मार्च ४ तारिक १६ बर्ष भन्दा कम उमेरको बालवालिका हरुको आत्मविश्वास र आत्मबल बडाउन संगै क्षमता अभिवृद्धिको लागि बालवक्तित्वकला प्रतियोगिताको आयोजना गरियो। जसको संयोजक सृजना पाण्डेले गर्नु भएको थियो।

👉२०१९ मार्च ३१ तारिकमा बारा र पर्सामा हावाहरुको कारण बिपतमा परेकाहरुको लागि सहयोग गर्न आईसिसि मार्फत जापानी ६००,५५५ हस्तान्तरण गरियो।

👉बुद्ध शान्ती पद यात्रा २०१९ अप्रिल २२ तारिक सम्पन्न भयो । संयोजक क्रमश सरोज कुमार खत्री र लेलिन भट्टचन रहनुभएको थियो ।

-👉२०१९ मार्च २१ तारिक एभरेष्ट ईन्टरनेसनल स्कूलमा हेल्थ क्याम्प सम्पन्न गरियो, उक्त क्याम्पको संयोजक एनआरएनए बाट सृजना पाण्डेले गर्नु भएको थियो।भने डा. प्रकास शाक्यको संयोजनकत्वमा शेमिनार सम्पन्न भएको थियो।

👉फ़ुकुओकामा नेपाल फेस्टिवल २०१९ अप्रिल ५र६ तारिक सम्पन गरिएको,
नागोयामा नेपाली फेस्टिवल २०१९ जुन १५ र १६ तारिक सम्पन्न गरिएको।

👉२०१९ जुन २९ तारिक टोकियो मा रक्तदान कार्यक्रम निरा उपाध्यायको सॉयोजकत्वमा आयोजना गरिएको।

👉२०१९ जुन २९ तारिक डा. कमल लामिछाने द्वारा लिखित अन्तरदृष्टि नामक पुस्तक एनआरएनए जापान र नेसास को संयुक्त आयोजना साथ पर्वत समाज,चितवन समाज,गल्कोट समाज,अर्घाखाची समाज,आध्यात्मिक सेवा केन्द्र,कास्कि पोखरा समाज,लमजुङ समाज,INISD Japan,मनाङ सोसाईटीको सहआयोजनामा बिमोचन कार्यक्रम सम्पन्न गरियो ।

👉जापानमा भैपरि आउने दुर्घटनाको लागि स्थापना गरिएको आपतकालीन रहतकोष अभिवृद्धि को लागि २०१९ जुलाई २८ तारिक The Adge Band Live Concert सचिन श्रेष्ठ को संयोजकत्व मा सम्पन्न भयो|

👉एनआरएनए जापानको सिफारिसमा Ihno बाट १०० जना बिधार्थीको लागि प्रदान गरिने छात्रवृत्तिको लागि आवेदनमा प्रकृया पुगी छनौट भएका बिधार्थीहरुको नामावली २०१९ अगस्ट ५ तारिक सार्वजनिक गरियो र अगस्ट २७ तारिक महामहिम राजदुतको प्रमुख आतिथ्यतामा अन्तरकृया कार्यक्रम सहित छात्रवृत्ति सेवा पाउने बिधार्थिलाई प्रसंसा पत्र बितरण गरिने।

👉नेपालमा वालबालिका तथा महिला हिंसा बिरुद्ध एनआरएनए जापानले स्थापना गरेको कोष अभिवृद्धि को लागि सहयोगार्थ २०१९ सेप्टेम्वर १ तारिक जापानको किंवा पार्कमा खुला आकासमा तिज फेस्टिवल २०१९ आयोजना हुने।

👉आईसिसि सदस्य कपिल थापा र एनआरएनए जापान बिच नेपालमा ह्वील चियर लाने सम्झौंता अनुसार एक कन्टेनर( २०० वटा) ह्विल चियर हिरोशिमा हुदै नेपाल लैजानको लागि आवस्यक सहयोग को लागि पहल गरिएको।

👉आईसिसिको योजना अनुसार एक एनसिसि एक परियोजना गर्नुपर्ने अनुसार को लागि नेपालमा ५० जना बिधार्थीको शिक्षाको लागि २ बर्ष सम्मको लागि छात्रवृति दिईने ब्यवस्था गरिएको छ।

👉क्षेत्रीय समितिहरु लाई थप अख़्तियार सहित तपसिल बिषयमा :
१.क्षेत्रीय समितिको सिफारिस मा सल्लाहकार चयन ।
२क्षेत्रिय समितिबाट उपाध्यक्ष र सचिव निर्वाचित हुने ब्यवस्था गरियो।
३.क्षेत्रिय समितिको भेला गर्ने र क्षेत्र तथा रासपको निति तथा योजना पेश गर्ने ब्यवस्था गरिएको छ।
४. क्षेत्रको आर्थिक अवस्था संगै लेखा परिक्षण र अन्य समन्वयको लागि एनसिसि सदस्यलाई ज़िम्मेवारी दिईने ब्यवस्था गरिएको छ।
५.क्षेत्रिय समिति र रासप को समितिमा गरि १५ बिधार्थी र ४६ महिलाको लागि आरक्षण कोटाको ब्यवस्था गरिएको छ।

👉यशिया प्यासिफिक को छैटौ बैठक हङकङ र सातौ बैठक मेनमारमा एनआरएनए जापानको उल्लेखनिय सहभागिता रहेको छ।

👉आईसिसि लाई साधारणसभा मार्फत राखिएका केहि सुझावहरु:
१.सर्वोच्च अदालतले गैरआवसीय नेपालीहरुले मतदान गर्न पाईने परामादेश जारी गरिसकेको अख़्तियारी बारे (सहजीकरणको लागि आईसिसिले समिति चयन गरेको)
२.संस्थागत रुपमा स्थापना भएका एनसिसिले नेटुबो बाट चयन हुने पर्यटन प्रतिनिध संस्थाले पाएको अवस्थामा टुरिजम सम्वन्धी कार्यगर्न सहज हुने।(आईसिसिमा बिषय प्रवेश गरेको)

👉यशिया प्यासिफिक को सातौ क्षेत्रिय बैठकमा राखिएका सुझाव हरु:
१.प्रवासमा हुने अकालमा मृत्यु शोक मा परेका परिवार र आफन्तजनमा केहि साहनुभुति लागि पार्थिक सरिर परिवारको ज़िम्मा लगाउन आईसिसिले पहल गर्नु पर्ने( सातौ यशिया प्यासिफिक बैठकमा घोषणा पत्रमा उल्लेख गरिएको)

केहि गर्नु पर्ने कार्यहरु:-
१. नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सरोकारवाला संग समन्वय गरि प्रभावकारी पहल गर्ने।
२. २०२० मा जापानमा हुने वलम्पिकको लागि नेपालबाट सहभागी हुने खेलाडीको आत्मबल बडाउन र प्रोत्साहन संगै खेलमा सफलता को लागि सरोकारवाला संग समन्वय गरि आवस्यक कार्य गर्ने !

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया