Nepali date


शुक्रबार, भदौ ६, २०७६

कुलमान घिसिङलाई जापानमा नागरिक अभिनन्दनको तिव्र तयारी,इन्कोरेजमेन्ट अवार्ड घोषणा

टोकियो । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्डको घोषणा २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सो अवार्ड सहित नागरिक अभिनन्दन कार्यक्रम हुन लागेको हो ।
जापानवाट नेपाली भाषाको समचार,मनोरञ्जन साथै सामाजिक कार्यमा समेत काम गर्दै आएको मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको संयूक्त आयोजनामा नेपालको विभिन्न क्षेत्रको प्रतिष्ठित व्यक्तिको उपस्थितिमा मनोरञ्जनसहित अवार्ड कार्यक्रम हुने जनाएको छ ।
जापानबाट पहिलो पटक रमाईलो टिभी एचडीबाट प्रत्यक्ष प्रशारण समेतको ब्यवस्था गरेको कार्यक्रममा उज्यालो नेपालको नायक तथा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जावानवासी नेपालीले नागरिक अभिनन्दन कार्यक्रमसमेत रहेको छ ।
सो कार्यक्रममा चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराइ,सदाबहार नायक धिरेन शाक्य,रमाईलो टिभीका अध्यक्ष दयराम पाण्डे ,नायक सरोज खनाल,बुद्ध लामा,नायिका सुस्मा अधिकारी,लोक गायिका अन्जु गौतम,सेलो गायिका मिन्स लामा,तामाङ चलचित्रकी नायिका लक्ष्मी तामाङ्,नायक दीपक डोटेल,हास्य कलाकार गणेश राई,हर्के हल्दार टीमको ८ जना सिवहरि नेपाल पार्टीमा सहयोग गरेको समानुपातिकमा परेको ,ईन्द्र बहादुर लामा खब्वे,अस्मीता बस्नेत थुम्की,राजेन्द्र गिरी गुन्द्रेके, शिव कँडेल नमस्ते कृष्णे लगाएत नेपालवाट ४७ जना सो अवार्ड कार्यक्रमको लागि जापान आउने प्रवेशात्रा पाएका छन् ।

उक्त दिन अवार्ड तथा म्यूज़िकल धमाका कार्यक्रमसहित कुलमान घिसिङलाई जापानको विभिन्न संघसंस्थाको सह-आयोजनमा जावानवासी नेपालीको तर्फवाट नागरिक अभिनन्दन कार्यक्रमसमेत रहेको हुँदा जापानवासी नेपालीलाई कार्यक्रममा उपस्थिति र सहकार्यको लागी सम्पूर्ण संघसंस्थालाई अपील गरेको छ ।

टोकियोमा हुन लागेको सो अवार्ड कार्यक्रमको जापानको आयोजक मातृ सन्देश डट कम का अध्यक्ष प्रधान-सम्पादक शान्त पहरी र कार्यक्रम व्यवस्थापक हिमाल लामालाई सम्पर्क गरी सहकार्यको लागी अनुरोध गरेको छ ।
कुलमान घिसिङलाई नागरिक अभिनन्दन कार्यक्रममा नेपाली दुतावास जापानका राजदुत प्रतिभा राणा,एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट लगाएतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया