शनिबार, बैशाख ०८, २०८१

जापानमा सिकेको ज्ञान,सिप र दक्षता नेपालको समृद्विका लागी : पराजुली

टोकियो । अनेरास्ववियूका केन्द्रीय सचिब सुदेश पराजुलीले जापानमा सिकेको ज्ञान,सिप र दक्षता नेपालको समृद्विका लागी लगानी गर्नु पर्ने बताउनु भएको छ ।

जापान भ्रमण रहेका अनेरास्ववियू केन्द्रीय समिति सचिव पराजुलीले जापानमा रहेका नेपाली समुदायलाई अब नेपालको दिगो बिकासको लागी योगदान गर्न आग्रह गरेका हुन ।
जापान रहेर सिकेको सिप योग्यता दक्षता अब नेपालको समृद्धिसंग जोड्नु पर्ने बताएका थिए ।
जापानको शिज़ूओका शहरमा रहेका नेपाली समुदायसंग भेंटघाटमा सो कुरा बताएका हो ।
शिजुओकाको कार्यक्रमपछि मातृ सन्देश डट कमसंग कुरा गर्दै नेता पराजुलीले थपे जापानमा दक्ष नेपाली रहेको र यहाँको नेपालीले सिकेको ज्ञानसिप नेपालको बिकास र समृद्धको लागी लग्नु पर्ने बताउनु भयो । जापानको २ हप्ते भ्रमणमा रहेका सचिव पराजुली नेपाली समुदायसंग नेपालको पछिल्लो राजनीतिक अबस्था र विकासको प्रगति वारे जानकारी गराएका थिए ।