आइतबार, जेठ ०६, २०८१

स्याङ्ग्जा समाज जापानले साँस्कृतिक कार्यक्रम ‘तीज धमाका २०१९ गर्दै

निशान राना,नागोया ।
नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले साँस्कृतिक कार्यक्रम तीज धमाका २०१९ गर्ने भएको छ ।
जापानका दुई ठुला शहर नागोया र तोकियोमा कार्यक्रम तीज धमाका २०१९ गर्न लागेको हो ।
नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिख शनिबार हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियोस्थित होकुतोपिया चुचुजी हलमा हुने भएको छ ।
बिगत केही बर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेका यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोक दोहोरी गायिका शान्ता परियार जापान आउने भएको छ । साथै नागोयाको लागि भने जापानमै कर्म थलो बनाएका मिठो स्वको धनी चर्चित लोक दोहोरी गायक सुर्य खड्काको पनि थप प्रस्तुती रहने छ ।

समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि आपतकालीन राहत कोष स्वरुप गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

यस कार्यक्रमको मिडिया पार्टनरको रुपमा मातृसन्देश डट कम रहेको छ ।