Nepali date


शनिबार, माघ ४, २०७६

नेपाली महिलाद्धारा शिनओकुवोमा ‘राईसान हेयर नेपाल’ संचालन

टोकियो । हरेक व्यक्तिको लागि सौन्दर्य अभिन्न अंग हो जसले गुणस्तरीय जीवन र आत्मबिश्वाश साथ जिउन महत्वपुर्ण भूमिका खेल्दछ । यहि सौन्दर्य पेशालाई पेशागत वा प्रोफ़ेसनल जीवनमा सार्थक रुप दिएर पहिलो नेपाली प्रोफ़ेसनल हेयर सौन्दर्य मरियम राई जापानमा उज्वल भबिष्य कोर्दैछिन उनी नेपालीहरुको सक्षम महिला प्रतिनिधि पात्र मध्ये एक हुन् । राईसान हेयर नेपालको उत्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उत्साह नेपाली चर्च जापानका पास्टर चन्द्रकिरण खपांगी मगरले बचन प्रबचन गरि प्राथना गरेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो । ५ वर्ष अगाडी जापान अध्ययनको शिलशिलामा प्रवेश गरेकी उनी नेपालमा करिब ६ वर्षको अनुभबलाई सम्झदै भन्छिन पेशागत ज्ञान हुनु नितान्त आवश्यक छ प्रोफ़ेस्सिओनललाइ मुर्त रुप दिन जापान प्रवेश गरेकी हुँ,यहाँको भाषा पढाईसंगै यो क्षेत्र धेरै चुनौती को बाबजुत पनि मेहनत गरे भर्खर मात्र हेयर सौन्दर्य लाइसेन्स प्राप्त पनि गरेकी उनी आफनो व्यवसायमा पूर्ण बिश्वाश छिन ।

हेयर सम्बन्धि युवा बालबालिका महिला पुरुष सबै वर्गलाई समेट्दै पुर्ण सेवा दिने जानकारी गराउदै नेपाली मात्र हैन अन्तरास्ट्रिय वा विदेशीलाई पनि सेवा दिने उनको भाबी लक्ष छ ।
मिस नेपाल जापान १०१८ र २०१९ पनि निर्णायक को भूमिका निर्बाह गरिसकेकी राई नेपाली महिलाहरुको एक उदाहरण हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: