Nepali date


शनिबार, भदौ ७, २०७६

एनआरएनए जापानको पहलमा छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजानिक

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान र आईएचएचओको सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजानिक गरिएको छ ।

सोमबार सार्वजनिक भएको नतिजामा पर्न सफल विद्यार्थीहरुलाई अगस्ट २७ तारिख एक विशेष समारोहका विच,प्रसंसा पत्र प्रदान गरिने छ । छात्रवृत्ती प्रति बिधार्थी प्रति महिना ३०,००० जापानी येन २ बर्ष सम्मको लागि हुने छ ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै एनआरएनए जापानले छात्रावृत्ती कार्यक्रम संचालन गर्दैआएको छ । यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेका छन्।

एनआरएनए जापानका महासचिव बुद्धीराज घिमिरेका अनुसार गत जुलाई १ तारिक सम्म आवेदन दिई प्रकृया पुरा भएका बिधार्थीहरुको नामावली छात्रवृत्तीको लागि सार्वजनिक गरिएको हो । छात्रवृत्ती प्राप्त गर्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिँदै एक बिशेस अन्तरकृया कार्यक्रम सहित सोहि कार्यक्रममा छात्रवृत्तीको लागि छनौट बिँधार्थीलाई प्रसंसा पत्र दिईने अध्यक्ष टाशी वाङदी लामाले जानकारी दिनु भयो ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणा प्रमुख आतिथ्यता “बिधार्थी जीवन बिषयक अन्तरकृया तथा छात्रवृत्ती प्रसंसा पत्र हस्तान्तरण कार्यक्रम” अगस्ट २७ तारिक मंगलवार आसागयास्थित साङ्ग्यो स्योको खाईखान हलमा आयोजना हुने जनाएको छ ।

एनआरएनए जापानद्वारा जारी विज्ञप्तिका अनुसार छात्रवृत्ती पाउन सफल १ सय जना विद्यार्थीहरुको नाम निम्न अनुसार रहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया