Nepali date


शुक्रबार, भदौ ६, २०७६

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा संजिव राईले उम्मेद्वारी दिने

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)दक्षिण कोरियाको उपाध्यक्ष पदमा संजिव राईले उम्मेद्वारी दिने भएक छन् ।

न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष , उदयपुर सेवा समाज,एनआरएनए किम्हे लगाएतका संस्थामा बसेर बिगत ७ बर्ष देखी दक्षिण कोरियामा सामाजिक कार्यमा गरिरहेका छन ।

आर्इतबार किम्हे बुसानमा भएको भेलाले राईलाई ख्याङ्सन किम्हे बुसान,मासान,मिर्याङ,उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए ।
‘मलाइ यो भेगका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएको छ । हामी सउल क्षेत्रका साथीभाइसँग मिलेर काम गर्छौ ।’ उनले भने । ‘मैले दक्षिण कोरियामा रहेका नेपाली प्रतिको वितृष्णा मेटाउदै नेपाली कामदारहरू हकहितमा सकेको गर्नेछु । सम्पुर्ण कोरियाबासी नेपालीलाई आफ्नो मताधिकारको प्रयोग गर्दै सबल र सक्षम एनआरएनए निर्माणमा सहयोग गर्नु हुनेछ भन्ने मलाइ लागेको छ ।’ उनले थपे ।

गैरआवासीय नेपाली संघको विधान अनुसार एक जना वरिष्ठ उपाध्याक्ष र तीन जना उपाध्यक्ष हुनेछन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया