Nepali date


शनिबार, भदौ ७, २०७६

चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो…)

काठमाडौं । भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा साम्राज्ञी आरएल शाह र पुष्प खड्का मुख्य भूमिकामा रहेका छन् भने सार्वजनिक ट्रेलरमा साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाइएको छ । पुनम गौतमले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् उनको यो छैटौँ चलचित्र हो । राजधानीमा एक कार्यक्रम बिच ट्रेलर रिलिज गरिएको हो भने कार्यक्रममा चलचित्रको बारेमा बोल्दै निर्मात्री पुनमले ‘मारुनी’ सफल भए सिक्वेल बनाउने र असफल भए चलचित्र नै निर्माण नगर्ने बताइन् । उनले यस अघि निर्माण गरेको ‘अझै पनि’ सफल भएको थिएन ।

कार्यक्रममा अभिनेत्री साम्राज्ञीले पनि चलचित्रमा काम गर्नु आफ्नोलागि चुनौती भएको बताइन् र राम्रो कथा भएको कारण फिल्म नकार्न नसकेको पनि खोलिन् । सञ्जय लामाको छायाङ्कन रहेको ‘मारुनी’मा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री फिल्मका सहा निर्माता हुन् भने गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ । चलचित्रलाई मित्र डी ।गुरुङले सम्पादन गरेका हुन् । https://youtu.be/mVtA23Yko6Y

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया