टोकियो । जापानमा नेपाली हिन्दी टेलिभिजन सेवा सहित मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटि भेन्चर कर्पोरेशन एनआईटिभीको टोकियो सिनओकुवोमा रहेको शाखा कार्यालयलको विधिवत उदघाटन गरिएको छ ।
अगष्ट तीन तारिक शनिबार एक समारोहका बीच टोकियोमा नेपाली तथा विदेशीहरुको बाक्लो वसोवास रहेको सिनओकुवोमा रहेको शाखा कार्यालयको विधिवत रुपमा उदघाटन गरिएको हो ।
समारोहमा एनआईटिभी जापानका प्रमुख कार्यकारी अधिकृत कमल अधिकारी, गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी प्रवक्ता भूषण घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, चर्चित गायक ईश्वर गुरुङ,तमु धी जापानका पूर्व अध्यक्ष श्री गुरुङ, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष सुभाष लोहनी, एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल तथा एनआईटिभी जापानका म्यानेजर रिद्धीबहादुर तुङवाहाम्फे लगायतले रिवन काटेर उदघाटन गर्नुभएको थियो।
उदघाटन समारोहमा एनआरएनए आईसीसी प्रवक्ता भूषण घिमिरेले डेढ दशकयता सेवामुलक व्यवसाय गर्दै आएको एनआईटिभीले जापानवासी नेपालीहरुमा धेरै सहयोग पुर्याएको धारणा राख्नुभयो।
यस्तै एनआरईटिभीका प्रमुख कार्यकारी अधिकृत कमल अधिकारीले जापानवासी नेपाली सहित विदेशमा रहेका नेपालीहरुलाई सेवा पुर्याउने लक्ष्यमा कम्पनी सकृय रहेको जानकारी दिदै पछिल्लो समय जापानमा नेपालीहरुलाई मोवाईल सिम तथा ईन्टरनेट सुविधामा सजिलो बनाएको दावी गर्नुभयो। समारोहमा एनआरएनए आईसीसी सदस्य तथा जापान मनी एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, व्यवसायी जीवन गुरुङ, एनआरएनए जापानका सदस्य नारायण खडका, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
नेपाली हिन्दी तथा स्पोर्टस च्यालन सेवा प्रदान गर्दै आएको एनआरईटिभीले पछिल्लो समय नेपाली तथा विदेशीहरुलाई जापानको मोवाईल सिम सेवा प्रदान गर्दै आएको छ।
यस्तै कार्यालय उदघाटन अवसरमा एनआईटिभीले सिनओकुवो कार्यालयमा आउने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

