Nepali date


शुक्रबार, भदौ ६, २०७६

गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय भेलाको औपचारिक उद्घाटन

इटाली । शनिबार आइतबार गरि दुई दिन चल्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोपको क्षेत्रीय बैठकको औपचारिक उद्घाटन गरिएको छ । नेपाल सरकारका कानून,न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, होटल एसोशिसन अफ नेपाल हानका अध्यक्ष श्रृजना राणा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँ, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु पनि सहभागी थियो ।

बैठकमा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, आइसिसी अध्यक्ष भवन भट्ट, आठौ महाधिवेशनमा अध्यक्षको प्रत्यासी जमुना गुरुगं, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, सचिव डिवी क्षेत्री र जानुका गुरुगं, सहकोषाध्यक्ष सोम सापकोटा, महिला संयोजक रजनी प्रधान, संरक्षक एवम् नागरिकता निरन्तरता कार्यदलका संयोजक राम प्रताप थापा, सल्लाहकार डा. हेमराज शर्मा, साथै अमेरिकाबाट पूर्व अमेरिकाज् क्षेत्रीय संयोजक सोनाम लामा, वर्तमान क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, ओसनीयाबाट संयोजक धर्मराज अधिकारी, एनसिसी अष्टेलियाका पूर्व अध्यक्ष गणेश केसी, मध्य पूर्वबाट संयोजक आर के शर्मा, आइसिसी सदस्य मनोज गोरखाली, श्याम तामांगलगायत सहभागी थियो ।

बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय प्रतिनिधी सहभागी रहेको आरसी शिवकुमार बरुवालले जानकारी गराउनुभयो । शनिबार आइतबार गरि दुई दिन चल्ने बैठककै अवसरमा १० औं महिला भेलासमेत आयोजना गरिँदै छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया