बिहिबार, असार ११, २०८३

जापान नेपाल सोसाइटीले सामुहिक माउण्ट फुजी आरोहण गराउने

टोकियो । जापान नेपाल सोसाइटीले जापानको सबैभन्दा अग्लो हिमाल माउण्ट फुजीको आरोहणको लागि यस वर्षा पनि आब्हान गरेको छ । ३ हजार ७ सय ७६ मिटर उचाई रहेको जापानकै अग्लो सो हिमाल यसअघि पनि जापानमा रहेका नेपालीहरुले आरोहण गर्दै आइरहेका भएपनि जापान नेपाल सोसाइटी आरोहणमा इच्छुक हुनेको लागि पुन: यस्तो कार्यक्रम अघि ल्याएको हो ।

६० बर्षे पुरानो संस्था जापान नेपाल सोसाइटीका डाइरेक्टर समेत रहेका टिम म्यानेजर शरद कुमार गौचनले माउण्ट फुजी आरोहण मनोरञ्जनका लागि मात्र नभइ जापान र नेपालबीचको सम्बन्ध जनस्तरमा अरु बढाउनका साथै नेपाल र नेपालीहरुबारे जापानी माझ अझ बढी प्रचार गर्न महत्वपूर्ण भूमिका खेल्ने हुनाले आयोजना गरेको बताए ।

त्यस्तै उनले यो माउण्ट फुजी आरोहण कार्यक्रम,कुनै व्यवसायीकरण वा नाफामुलक लक्ष्य नभई, नेपाली र जापानीबीचको अन्तर संस्कृतिको आदान-प्रदान तथा माउन्ट फुजी आरोहण गरि,जापानमा हाम्रो राष्ट्रलाई चिनाउने प्रमुख उद्देश्य रहेको जानकारी दिए ।यस कार्यक्रमको लक्ष्य भने हामीले सक्ने मातृभुमी प्रतिको उत्तरदाहित्व संगै नेपालको पर्यटनको प्रवद्धन गर्ने एवं विश्वकै सबभन्दा अग्लो हिमसिंखर “सगरमाथा” नेपालमा पर्दछ भन्ने कुराको प्रचार प्रसार गर्ने रहेको आयोजकले जनाएको छ ।

सबैभन्दा पहिलो पटक फुजी चढ्ने नेपाली को हो भन्ने बारेमा एकिन जानकारी नभए पनि २०१८ सेप्टेम्बर १६ तारिकका दिन बिहान नौ बजेको समयमा तीन दर्जन अर्थात ३६ जना नेपालीको टीमले एकै साथ माउन्ट फुजी चढेका थिए ।

त्यस्तै आयोजकले यस वर्षको आरोहणको लागि सिट सिमित भएकोले, ईच्छुक महानुभावहरुले फारम भरि यथाशिघ्र आफ्नो सिट सुरक्षित गर्नुहुन आग्रह गरेको छ । माउन्ट फुजी ज्वालामुखी बिस्फोटनबाट बनेको थियो र फुजीको यात्रा गर्न, घुम्न र हेर्न विश्वभरबाट करोडौ पर्यटक आउने गर्दछन् ।

थप जानकारीको लागि यो लिंक :https://docs.google.com/forms/d/e/1FAIpQLSdMLa-zjX1JBvPqt0fFvMuLmAV02hyFULk9-8uJ_WFdCVF4yg/viewform