शुक्रबार, कार्तिक २९, २०८२

हृदयघातका कारण जापानमा एकै साता २ नेपालीको मृत्यु

कविकिरण न्यौपाने,नागोया । विगत केही समय यता जापानमा नेपालीहरुको विभिन्न कारण मृत्यु हुने क्रम बढेको छ । हालै मात्र हृदयघातका कारण जापानमा २ नेपालीको निधन भएको छ । मृत्यु हुनेमा बाग्लुङ्ग ,गल्कोट स्थायी घर भई रोजगारीको सिलसिलामा जापानको सिजुओका बस्दै आएका झपवहादुर खत्री मृत्यु भएको छ । खत्री बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा काम गर्दै आउनुभएको थियो । जुलाई २८ तारिक राती सुत्ने क्रममा खत्रीलाई असहज महशुस भएपछि अस्पताल पुर्‍याईएको थियो । राती नै खत्रीको निधन भएको थियो । मृत्युको कारण हृदयघात भएको अस्पतालले जनाएको छ । खत्रीको जापाननै ३१ तारिख दाहसंस्कार गरिने पारिवारिक श्रोतले वताएको छ ।

त्यसै यही जुलाई २६ तारिख रोजगारीको सिलसिलामा योक्काईची वस्दै आएका राजु श्रेष्ठको पनि हृदयघातका कारण निधन भएको छ । काठमाडौं महानगरपालिका वर्डा नं. ३ बाँसवारी स्थायी घर भएका श्रेष्ठको काम गरेको कम्पनीले तत्काल शव नेपाल पठाउने प्रकृयामा रहेको बताइएको छ । त्यस्को लागि सबै प्रकृया पुरा गरि शवलाई योक्काईचिवाट ओसाका लगिसकिएको एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम सितलले जानकारी दिनुभयो ।