आइतबार, बैशाख ०६, २०८३

श्रीमानले छोड्यो छोरो हुर्काउन मकै पोलेको

जीवन अर्याल,काठमाडौं । बैनी ३ ओटा लग्छु ७५ मा देउ ल । बार्गिनिङ गर्ने चलन सबैको छ । हतपत बानी नभएको ले नभन्ने मैले आज सुरुमै भने । मकै निकै मिठो थियो । बैनिले भनिन छोरो हेर्दिने मान्छे छैन । बाबु हेर्नु न तल । यसरि लिएर हिड्ने हो । मैले बाबुलाई देखेको थिन ।अक्क न बक्क भए । हुन्छ पोल्नु भने । अनि बाबुको बाबा ? उस्ले बाबु ५ महिनाको हुँदा छाडेको । एस्लाई हुर्काउन मकै पोलेको । ठुलो भएपछी हेर्लानी ?
मैले फोटो खिच्न सक्छु ? हुन्छ । बाबु नै बाहिर निकालीन । बढिमा बैनी २०-२१ कि थिन सायद सोदिन ।
श्रीमानले छोड्यो कहाँ छ ? भन्ने थाहनै छैन ? अर्को बिहे गर्‍यो त होलनी ?
कती सजिलो!
मकै पोलेर छोरो पाल्छु भन्ने सहासलाई भने मान्नै पर्छ ।

हुर्काउने बढाउने कर्तब्य बुवा आमा दुबैको हो । बुवा कहाँ छ ? कती अचम्म ? बाबुले ठुलो भएर आमालाई माया गरे त हुन्थ्यो । आसाले माया गर्ने भन्दा पनि कर्तब्य सम्झेर माया गर भन्न मन लाग्यो । मन मनै धेरै कुरा सम्झे । दुनिया स्वार्थी छ । पाउने बेला मात्रै आफ्नो सबैजना । अलिकती मात्रै तल माथी भयोकी । बचन सुरु हुन्छ । राम्रा पक्ष माटोमा जान्छन ।
दुनिया सबै स्वार्थी छ । आफन्त सबै भ्रम हो । सबै आफ्ना हुन जतिबेला जहाँ काम लाग्छन । माया पनि सबै भ्रम हो । सबैले सबैलाई माया गर्नुपर्छ । अचानक सहयोग चाइयो । बिल्कुल नचिनेको मान्छेले सहयोग गर्छ । त्यतिबेला उहि हाम्रो मान्छे भो । मानबियता हरेक सँग हुनुपर्छ । जतिबेला जस्लाई दुख पर्दा जोसुकैले मिल्ने सम्म आफ्नै सम्झेर सहयोग गर्नुपर्छ ।

अस्ती युट्युबमा एकजना आमाले मकै पोली पोली भक्तपुरमा घर ठ्ड्याउनु भाको न्युज हेरेको थिय । उहाको केशपनी ठ्याक्कै बैनिकै जस्तो थियो । गर्न सक्ने केहि त थिएन । आमाको उदाहरण दिए । प्रगती गर्नु भने । बाबुलाई जुस दिए फर्किए ।

बेडमा छु । बैनी जस्तै नारिहरु कती धेरै होलान भन्ने सोचाई आईरको छ । शहर बजार गाउ गाउ ….पिडा मेट्ने मल्हम कहिले बन्ने होला ? हामी २ चार जना सुकिला मुकिला भएर के गर्नु । मज्जा त त्यतिबेला आउछ नि:- सबै शिक्षित, सब्बै अब्बल अनि सब्बै सुकिला मुकिला । सबैले एक छाक सजिलरी खान सकुन ।
मान्छेले मान्छेलाई नडसुन । मुख्यकुरा शिक्षाहो । मान्छे ब्यवस्थित हुने नै चेतनाले हो । पैला चेतनाको स्तर सुधार्न सकियो भने बल्ल समाज बन्ने हो । मैले गलत गर्नु हुन्न । यो मेरो सन्तान हो दुख पाउछ कि ? बलत्कार गर्नु हुँदैन । यातना दिनु हुँदैन । मलाई सहयोग गर्ने लाई दुख पुर्याउनु हुँदैन । चोर्नु हुँदैन । ढाट्नु हुँदैन । छ्ल्नु हुँदैन भनेर बुझ्न चेतनाको महत्वपुर्ण भूमिका हुन्छ । त्यो बुझाउने कस्ले ? शिक्षा शिक्षा अनि शिक्षा?