टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेद्धारी दिने घोषणा गर्नुभएको छ । एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी दुई वर्षे कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेद्धारी दिने जानकारी दिनुभयो ।
विशेष गरि एनआरएनए एसिया प्याशिफिक क्षेत्रभित्र जापान महिला फोरमको सक्रियता प्रशंसायोग्य मानीन्छ । महिलाहरुको हक हितको लागि लागिपर्ने श्रेष्ठले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनु भयो । एनआरएन अभियानमा तल्लो तहदेखि काम गर्दै जानुपर्छ भन्ने सबैको चाहानअनुसार महिला उपाध्यक्षमा उम्मेदवारी दिएको र सबैको सहयोग मिल्ने विश्वास लिएको श्रेष्ठले बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठले आगामी कार्यकालका लागि महिला उपाध्यक्षमा जिताउन जापानबासी नेपालीलाई आग्रह गर्नु भएको छ । उक्त पदमा आफु विजय भए एनआरएनको उद्धेश्य र कार्यक्षेत्रमा रहेर थप सामाजिक कार्य गर्ने,जापानमा दुःख पाएका नेपालीका लागि एनआरएनए जापानको तर्फबाट गर्नुपर्ने काममा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । जापान लगाएत परदेशको भूमिमा रहेको महिलाको समस्याको समधानमा सक्रिय रहने बताउनु भयो ।

