शुक्रबार, कार्तिक २९, २०८२

एनआरएनए जापान क्षेत्रीय समिति निगाताको अध्यक्षमा दीपक सुनार चयन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति निगाताको अध्यक्षमा दीपक सुनार चयन भएका छन् ।

जुलाई २६ मा भएको समितिको छैटौं अधिबेशनले उपसंयोजकमा गणेश सुयल, महिला उपसंयोजकमा सुस्मा लामिछाने बर्तौला, सचिवमा दिपेन लामिछाने, सहसचिबमा प्रकाश न्यौपाने ,कोषाध्यक्षमा सन्दिप बर्तौला र सदस्यहरुमा बिनय सुवेदी, दिनेश सुनार, सविना भण्डारी, माधव धमला र किरण तमाङ सर्वसम्मत निर्वाचित भएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको समिति निगाताको अधिवेशन सम्पन्न गर्न नारायण सुवेदी,पासाङ शेर्पा , राजन भट्टराई,देवि ब ईन्ङाम,सचिन श्रेष्ठ नाम तोकेता पनि एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी,उपाध्यक्ष शिवप्रसाद पौडेल र महासचिव बुद्धिराज घिमिरे लगाएतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।