Nepali date


शुक्रबार, भदौ ६, २०७६

एनआरएनए जापान नागोयाको सातौं अधिवेशन सम्पन्न,संयोजकमा श्याम शितल चयन

नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान नागोयाको सातौं अधिवेशनबाट श्याम शितल सर्वसम्मत संयोजकमा चयन हुनुभएको छ ।

शनिवार नागोयामा भएको अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । रिक्त ७ सदस्य पछि मनोनित गर्नेगरि अधिवेशनले हालको लागि १२ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचीत संयोजक शितलले जानकारी दिनुभयो ।

दुई बर्षे कार्यकाल सन् २०१९-२१ को लागि अधिवेशनले उप-संयोजकमा राम थापा र महिला उप-संयोजक सिता कोइरालालाई चयन गरेको छ । यसैगरि सचिबमा योमन देवान चुनिंदा सह-सचिबमा राम कुमार थापा सर्वसम्मत बन्नुभएको छ । कोषाध्यक्ष गंगा घर्ति मगर र सह-कोषाध्यक्षमा यम बहादुर पाइजालाई चयन गरेको छ ।

जस अनुसार सदस्यमा रामकृष्ण अधिकारी, गोबिन्द प्रसाद कंडेल, दामोदर सापकोटा र मनोज बम मल्ल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । निर्वाचीत भएपछि एनआरएनए नागोयाका संयोजक श्याम शितलले सबैले विश्वास गरेर सुम्पेको ओजिले जिम्मेवारीलाई कुशलतापूवर्क निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनमा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोख्रेल, एसिया प्यासिफिक निवर्तमान उप-संयोजक गोविन्द श्रेष्ठ, आईसिसि सदस्य दिनेश गुरुगं, केशर गिरी, डिलाराम खरेल लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरि एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल, बाबुराम भण्डारी, एनआरएनए जापान युवा संयोजक उम्मेद्धार नविन निउरे लगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए जापान नागोयाको सातौ अधिवेशन निवर्तमान संयोजक दिपक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया