Nepali date


शुक्रबार, भदौ ६, २०७६

रामेछाप बजारमा साहित्यिक कार्यक्रम,समसामहिक विषयमा केन्द्रित रचनाहरु वाचन

कैलाश खत्री,मन्थली । रामेछाप बजारमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।
गौरीशंकर क्याम्पसको सभाहलमा रामेछाप कला साहित्य मञ्चले मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्रष्टाहरुले मानवअधिकार, मानव बेचबिखन, राजनीति तथा समसामहिक विषयमा केन्द्रित रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा रामेछाप, दोलखा, सिन्धुली लगायतका जिल्लाका श्रष्टाहरुको सहभागिता रहेको थियो ।
मञ्चका अध्यक्ष धनलाल योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, नेकपा नेता अनन्द श्रेष्ठ, गौरीशंकर माविका प्रअ निरबहादुर कार्की लगायतले सहित्य र श्रष्टाको बारेमा बोलेका थिए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया