शुक्रबार, कार्तिक २९, २०८२

एनआरएनए जापान चिवाको पहिलो अधिवेशन सम्पन्न,संयोजकमा बिष्णु सुबेदी चयन

टोकियो । गैरआवसीय नेपाली संघ एनआरएन्ए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
आज जुलाई २७ तारिख चिवाको फुनाबासीमा सम्पन्न भएको पहिलो अधिवेशनबाट संयोजकमा बिष्णुप्रसाद सुबेदी चयन हुनु भएको छ ।

समितिको उप संयोजकहरूमा सुरज राई,लक्ष्मी केसी महर्जन,सचिब राजन भट्टराई,सह-सचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्ती राज रेग्मी,सह कोषाध्यक्ष समिर जंग खड्का चयन हुनुभएको हो ।
ट्यस्तै सदस्यहरु टिकाराम न्यौपाने,पिताम्बर गौतम,दिनेश गौतम,सुरेन्द्र सुबेदी चयन हुनु भएको सह-कोषाध्यक्ष समिर जंग खड्काले जानकारी दिनुभयो ।

निर्वाचन समितिका संयोजक राजनकुमार श्रेष्ठ,केशब अधिकारी र सुरेश गिरी रहेको निर्वाचन समितिले अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।