सुर्य कुँवर,जापान । फुकुओका नेपाल सोसाईटीद्वारा आयोजित तीज धमाका २०१९ यहि अगस्त २३ मा हुने भएको छ ।
विगतका बर्षाहरुमा जस्तै यस वर्ष पनि फुकुओका नेपाल सोसाईटीले महिला हरुको महान चाड हरितालिका तीजको अवसर पारेर नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायीका सम्झना लामिछाने मगर र सुनिता दुलालको जोडदार प्रस्तुतिको साथमा आयोजना गरिएको तिज धमाका २०१९ यहि अगस्त २३ तारिक आयोजना गरिने संस्थाका सचिब सुर्य कुँवरले जानकारी गराउनुभयो ।
कलाकारहरुका लागी जापान आउनको लागि सम्पूर्ण प्रक्रिया पुरा भइसकेको र कार्यक्रम यही अगस्ट २३ तारिक तारिख शुक्रबारका दिन साझा ६:०० बजेबाट आकासाका मिनामी सिमिन सेन्टर आकासाकामा हुने भएको छ ।
फुकुओकामा छरिएर रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई नेपालबाट आमन्त्रित कलाकारहरु सँग नाचगान गरि भरपुर मनोरंजन लिनको लागि संस्थाका अध्यक्ष योगेस कार्कीले फुकुओकाबासि सम्पूर्णमा अनुरोध गरेको मातृसन्देसलाई जानकारी दिनु भएको छ ।


