Nepali date


शनिबार, भदौ ७, २०७६

‘द एज ब्याण्ड’का कलाकार जापान आईपुगे,कार्यक्रमको तयारी पुरा

जापान । गैरआवसिय नेपाली संघ एनआरएनए जापानले आफ्नो राहतकोष सम्वन्धि घोषित लक्ष्यलाई आंशिक रुपमा स्रोत आर्थिक संकलनको लागि टोकियोमा ‘द एज बाण्ड कार्यक्रम’ को तयारी पुरा भएको छ ।
राहतकोष सम्वन्धी घोषित लक्ष्यलाई आंशिक रुपमा आर्थिक स्रोत संकलनको लागि यहि जुलाई २८ तारिv टोकियो स्थित नाकानो जिरो हलमा अपरान्ह ५ बजे बाट “द एज ब्याण्ड लाईभ “कार्यक्रम गर्ने तयारी पुरा भएको हो ।

परिषदको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठ लाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो। कार्यक्रममा सहभागि भै आआफ्नो स्थान बाट सहयोग गरिदिन जापानवासी नेपालीहरुमा अध्यक्ष टासि वाङदी लामाले अपिल गर्नु भएको छ ।

बिधार्थीको लागि टिकट दर ३,००० येन, अग्रिम टिकट बुकिङ ३,५०० येन ,हलमा टिकट दर ४,००० येन र स्पेशल टिकट दर १०,०००येन रहेको संयोजक सचिन श्रेष्ठले जानकारी दिनु भयो।
संयोजक सचिन श्रेष्ठ का अनुसार कार्यक्रमको पुरा तयारी भैसकेको र सबै जापानवासी नेपाली लाई यसै सूचना मार्फत उपस्थितिको लागि हार्दिक अपिल गर्नु भएको छ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया