Nepali date


शुक्रबार, भदौ ६, २०७६

विकासको एउटा मापदण्ड पुरा गरेपछि मात्र समृद्धि आउछ

दावा शेर्पा,जापान ।
समृद्धिलाई आर्थिक या भौतिक संरचनाको विकास मात्र ठानियो भने त्यो समृद्धि हुन सक्दैन । समृद्धिका लागी समानता, समावेशिता, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगार र दरिलो सामाजिक सम्बन्ध पनि हुन् आवश्यक छ ।

विकासको एउटा मापदण्ड पुरा गरेपछि मात्र समृद्धि प्राप्त गर्न सकिन्छ । आज भन्दा ४०० बर्ष अगाडी नै एसिया विश्वका अत्यन्त विकसित क्षेत्र मध्ये एक थियो । भारतको कोचिन भन्ने कालिगढ शहर, चीनको हाङ्च्व शहरहरु विश्वका धेरै जनसंख्या बसोबास गर्ने शहरका रुपमा चिनिएका थिए । सँगै त्यस बखत काठमाडौं, भक्तपुर र ललितपुर उपत्यका भित्र बनेका बिशाल भौतिक संरचना, मठमन्दिर आदिले नेपालको प्राचिन ईतिहास सभ्य र भब्य थियो भन्ने कुरालाई पुष्टि गर्छ । सन १६०० मा विश्व बजारमा उत्पादन हुने वल्र्ड जि. डी. पि. को ५५ प्रतिसत उत्पादन एशिया क्षेत्रको थियो तर सन् १७०० पछी विश्व राजनीतिमा आएको हेरफेर, ब्रिटिश साम्राज्यवाद र अन्य शक्तिशाली देशहरुको उपनिवेस र प्रभाबबाट एशिया क्षेत्रको प्रगती क्रमसः ओरालो लागेसँगै बेरोजगारी र औधोगिक क्षेत्र धरासायी भयो । केही समय यता नेपालमा पनि समृद्धिको बिषयमा घनिभुत बहसहरु भईरहेका छन् । काममा भन्दा बढी गफमा रमाउने नेपाली संस्कृतिले हाम्रो प्रगतीलाई कमजोर पारेको छ र समृद्धिको सपनालाई रोकिदिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तीका अग्रदुत गौतम बुद्ध, गोर्खाली इतिहास, प्राकृतिक सम्पदा, यहाँको सस्कृति, भौगोलिक र जैविक बिबिधताले संसारलाई नै नेपाल भित्र अटाइदिएको छ । पृथ्वीमा केही मानव निर्मित आस्चर्यका वस्तुहरु छन् । जुन अहिले विकास भएको नयाँ प्रबिधीको सहायताले मानिसले बनाए तर नेपाल त्यस्तो देश हो जहाँ कैयौँ आस्चर्यका वस्तुहरु प्रकृतिले बरदानको रुपमा दिएको छ । हामी सांस्कृतिक र प्रकृतिक रुपमा धनी भए जसरी किन आर्थिक र समाजका अन्य आयामहरुमा तुलनात्कम रुपमा धनी हुन सकेनौँ ? समाजको सबै भन्दा पिँधमा रहेको एउटा सामान्य नागरिकलाई हेरौँ । उसको दैनिकी, परिवार पाल्न उसले गर्ने संघर्ष, सामाजिक हैसियत आदिमा कती परिवर्तन ल्यायो त नेपालको राजनीतिक परिवर्तनले ? प्रवासिने नेपालीहरुको संख्या खरायोको गतिमा बढेको छ यो रोकिने कहिले ? रोक्ने कसले ? आव ०६३÷६४ देखि आव ०७५÷७६ को अवधिमा मात्र करिब ४४ लाख युवा कामको खोजीमा विदेसिएको तथ्यांक छ । थुप्रै समस्याहरुको चाङका बिच पनि नेताहरुले हामीलाई समृद्धिको सपना बाँडेकै छन । खैर सपना देख्ने कुरालाई नराम्रो भन्न सकिन्न तर सपना सुतेर हैन उठेर देख्नुपर्छ ।

निरन्तर सुधारिँदै गएको आधुनिक प्रबिधीको ब्यापक उपयोगले मानविय जिवन पनि सरल, सहज र उन्नत हुँदै गइरहेको त छ तर अपेक्षाक्रित विकासको लागि हामीले छलाङ मार्न सकिरहेको छैनौँ । गरिबि र पछ्यौटेपनले हामीलाई छाडेको छैन । त्यती मात्र हैन हाम्रो आर्थिक, राजनितिक, प्रशासनिक, सामाजिक र सांस्कृतिक प्रणालि भित्र थुप्रै बेतिथी र भ्रष्ट मनोविज्ञान छ । जसको प्रत्यक्ष असर आम मानिसमा र विकासमा परेको छ । भ्रष्टाचारप्रती सुन्य सहनसिलता, आफ्ना काम प्रती इमान्दार र जवाफदेही बन्दै हामी भित्रका खराबी हटाउनु समृद्धिको लागि पहिलो सर्त हो । लामो समय देखी राजनैतिक अस्थिरता र संक्रमणबाट गुज्रिएको नेपाल अब भने समृद्धितर्फ लम्किनै पर्ने वाध्यात्मक परिस्तिथि छ । समृद्धि कुनै पार्टी, बिशेष ब्यक्ति वा नेता बिशेषको भनेर बुझियो र बुझाईयो भने यो कुनै अर्थमा सही हुन सक्दैन । त्यसैले समृद्धीलाई आम जनता, राजनीतिक दल र सिंगो देशको साझा एजेण्डा बनाइनुपर्छ ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टीको एकता र निर्वाचनपछी जनताले दिएको दुई तिहाई अभिमतमा जनताको विकास र समृद्धिप्रतीको तिब्र आकांक्षा प्रकट भएको छ । संसारका शासक जसले शक्तिलाई राष्ट्रहित र विकासमा लगाए तिनीहरूकै कारण ती देश समृद्धिको उत्कृष्ट अवस्थामा पुगेका छन् । जहाँ शक्तिको उपयोग आफ्नो मात्र भलाइका लागि भयो त्यहाँको अवस्था हाम्रो जस्तै छ । जनता गरिब तर शासक धनी हुने पद्धति शासकीय शक्तिको दुरूपयोग र घिनलाग्दो परिपाटी हो । प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी गणतान्त्रीक ब्यवस्थासम्म आउँदा पनि शासकको शक्ती प्रयोगको आशक्ती परिवर्तन भएन । फलत समृद्धिको चाहानामा हामी अँझै भोका छौँ । दक्षिण एसियाका अफगानिस्तान लगायत केही मुलुक त्यही शक्तिको उल्टो उपयोग भएका कारण हाम्रो अवस्थासँगै गुज्रेका छन् । उता शक्तिको सही सदुपयोग गरेका राष्ट्रहरू सिंगापुरका ली क्वान यू, मलेसियाका महाथिर मोहसिन, कोरियाका पार्क चुङ हीले हामीभन्दा कमजोर राष्ट्रलाई केही दशकमै विकासको स्वाद चखाए । यि देशहरुको विकासको मोडललाई आज दुनियाँले नियालीरहेको छ । नेपालमा दलहरुले पनि चुनाव अघी पेश गरेको घोषणा पत्रमा समृद्धिको बयान दिएका छन । ठुला सपनाहरु बाँडेका छन् । तर अहिले सम्म यि सबै सपनाहरु आश्वासनमै सिमित छन् ।
हामी देश हैन देश भन्दा पहिले पार्टी खोज्छौँ । पार्टी भित्र पनि गुट् खोज्छौँ । दुःखका साथ भन्नु पर्छ, हाम्रा नेताहरु कहिले पनि विकासको स्वरुप कस्तो बनाउने, मोडल कस्तो हुने भनेर छलफल गर्दैनन् । संबिधानमा समाजवाद उन्मुख राज्य ब्यबस्थाको परीकल्पना गरे पनि गएको एक बर्षमा सरकारले यसको न्युनतम आधार समेत् खडा गर्न सकेन । प्रधानमन्त्री ओलिले विभिन्न सार्वजनिक कार्यक्रममा यो सरकारको आधार बर्ष भएकोले धेरै काम गर्न नसकेको बताउँदै आएका छन् । आधार बर्षमै सरकारले विवाद र चर्को आलोचना मात्र खेपेन, संसदमा पेस गरिएको गुठी बिद्येयकले सरकारलाई रक्षात्मक बनायो । सत्तामा भएकाहरु शक्तिको उन्मादले मात्तिने हैन, जनताप्रती उत्तरदायी भएर, आफुलाई जनताको सेवक सम्झेर काम गरिनुपर्छ ।
यसै पनि बर्तमान सरकारका प्रधानमन्त्री देखी मन्त्रीहरु हिँजो सामन्तवादका बिरुद्ध, राजतन्त्रको बिरुद्ध खरो रुपमा लडेर नै आएका हुन् ।

नेता र कर्मचारीहरुले कम्तिमा पनि विकास र समृद्धिको लागि बिषयको प्राथामिकिकरण गर्नुपर्छ र आफुलाई देश र जनताका नाममा समर्पित गर्नुपर्दछ । तब मात्रै देश हामीले कल्पना गरेजस्तो बन्नेछ । नत्र अँझै नत्र अँझै कैयौँ दशकहरु यसैगरी बित्नेछन् । सपना र आशामा ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया