सोमबार, कार्तिक २५, २०८२

पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरीमा बिशेष कार्यक्रम

कैलाश खत्री,रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को जन्मथलो रामेछापको भंगेरीमा एक कार्यक्रमको आयोजना गरी पुष्पलालको ४१ औ स्मृति दिवस मनाइएको छ ।

साउन ७ गते राजधानी काठमाडौंको चम्पादेवीमा बिशेष कार्यक्रम गरिएको थियो भने साउन ८ गते नेकपाका केन्द्रिय तहका नेताहरु रामेछाप आएका हुन् । पुष्पलालको शालिकमा पुष्प गुच्छा अर्पण गर्दै नेताहरुले पुष्पलालले देखाएको बाटोमा सधै हिड्ने प्रण गरेका छन् ।

नेकपाका स्थायि कामिटी सदस्य एबम् पुष्पलाल स्मृति प्रतिठानका केन्द्रिय उपाअध्यक्ष बेदुराम भुषालले पुष्पलाल नेपाली जनबादी क्रान्तिको मार्ग चित्र कोर्ने सर्वोच्च नेता भएको बताउनुभयो।
त्यस्तै नेकपा स्थायी समिति सदस्य एवम् प्रतिनिधि सभाका सांसद हरिवोल गजुरेलले पार्टीलाई गति दिन मुख्य नेतृत्व सच्चिनु पर्ने बताउनुभएको छ । गजुरेलले पार्टी एकिकरणको लागि नै एक वर्ष लाग्नु नेतृत्वको कमजोरी भएको उहाँको भनाई थियो । आफ्ना गुटका ब्यक्ति लाई कसरी नेतृत्वमा पुर्याउने भनेर नेताहरु दाउपेचमा लागेको उहाँले बताउनु भयो। पार्टीमा त्याग र दुख गरेका ब्यक्ति पाखा लाग्दै जाने र अवसरवादीहरु हावी हुँदै जाने प्रवृत्ति बढेको भन्दै उहाँले गुनासो गर्नुभयो । विगतमा केशरजंग रायमाझी प्रवृत्तिको हालिमुहाली बढ्दा पुष्पलाल जस्ता त्यागि नेताहरु पाखा लागेर कम्युनिष्ट आन्दोलनमा धक्का लागेको स्मरण गर्दै नेता गजुरेलले फेरी त्यस्ता दिन नआउलान भन्न नसकिने बताउनुभयो।
कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले पुष्पलालको जन्मथलो भंगेरीलाई कम्युनिष्टहरुको केन्द्रको रुपमा विकास गर्ने सोचका साथ सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरि संग्रहालय, पार्क, सभाहल लगायतका संरचना निर्माणको काम थालेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेल, केन्द्रिय सदस्य विष्णु रिजाल, संघिय सांसद श्यामकुमार श्रेष्ठ, प्रदेश सांसद शान्तिप्रसाद पौडेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान लगायतका नेताले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियो । सोही कार्यक्रममा नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

जसमा बेथानका पुराना कम्युनिष्ट नेता अमर बहादुर लामा , भंगेरीका आन्नद राम श्रेष्ठ र केशरी श्रेष्ठ , पकरबासका धनिराम तामाङ, काठमान्डौँकी दुर्गा देबी श्रेष्ठ लाई सम्मान गरिएको थियो ।