शुक्रबार, कार्तिक २९, २०८२

नागोयाबाट एनआरएनए जापानको उपाध्यक्षमा दिपक कार्कीको उम्मेद्वारी

कविकिरण न्यौपाने,नागोया ।
एनआरएनएको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ । एनआरएनए जापानको २०१९ – २०२१ को लागि नागोयाका दिपक कार्कीले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ। उहाले उपाध्यक्ष पदको लागि उमेद्वारी घोषणा गर्नु भएको हो ।
नागोया क्षेत्रको क्षेत्रिय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न कार्की हाल क्षेत्रिय समिति नागोयाको संयोजक हुनुहुन्छ । हालै नागोयामा सफलता पूर्वक सम्पन्न नेपाल फेष्टिवलका कारण जापानमा उहालाई धेरै नेपालीहरुले चिन्ने गर्छन् । नेपाल छदाँ देखिनै समाजसेवामा रुचि रहेको बताउने कार्कीले वर्मा गएपनि कर्म संगै भनेझै जापानमा पनि आफ्नो काम संगै समाजसेवालाई निरंतरता दिनु भएको छ ।

जापानमा धेरै नेपालीहरुलाई दुःखमा पर्दा मलमपट्टी लगाउन पाएको स्मरण गर्दै कार्कीले भन्नुभयो सुःखमा त जो कोहीले साथ दिन्छ , तर दुःखमा साथ दिने धेरै कम हुन्छन् । म प्रवासमा दुःखमा परेका हर नेपालीहरुलाई मेरो गक्ष्य अनुसार सहयोग गरिरहेको छु र गरिरहने छु। मेरोलागि ठूलो आनन्द यहि हो कार्कीको भनाई छ। जापानको नागोयामा कुनैपनि नेपालीलाई समस्या पर्दा उनि नपुगेको सायद कमै होला । चाहे कोही नेपाली विरामी परेर अस्पताल होस् कार्की पुग्ने गर्नु हुन्छ। भेटका क्रममा यस क्षेत्रमा विरामी पर्दा आफूले गएर सहयोग गरेको लामो लिष्टनै थियो उहाँसंग । सामाजिक कार्य गर्ने सिलसिलामा उहाँ तोयोकावा नेपाली कम्यूनिटीको अध्यक्ष एवं म्याग्दी मुना जापानका अध्यक्षको जिम्वेवारीमा हुनुहुन्छ ।

१३ वर्ष अघि जापान आउनु भएका कार्की जापानमा ( सप्लायर कम्पनी ) Busy bee group co Ltd companey का प्रमुख हुनुहुन्छ । साथै उहाँ जापानमा रेष्ट्रटेन्ट व्यवशायमा पनि संलग्न हुनुहुन्छ । सामाजिक कार्यको लागि एकता नै वल बताउने कार्की पदमा पुग्नु अगाडी यो गर्छु, त्यो गर्छु भन्नु भन्दा म हुदाँ यो गरे भन्न सक्नु नै सच्चा सामाजिक कार्य बताउनुहुन्छ। आफु एनआरएनए क्षेत्रमा वसेर काम गरेको हुदाँ एनआरएनए जापानको केन्द्र र क्षेत्रको सम्बन्धलाई अझै प्रगाढ बनाउन पनि लाग्ने कार्कीको भनाई छ ।