सोमबार, कार्तिक २५, २०८२

नविन न्यूउरेले एनआरएनए जापानको युवा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

टोकियो । एनआरएनए कान्तो जापानका निबर्तमान संयोजक नविन न्यूउरेले एनआरएनए जापानको आगामी कार्यकालको युवा उपाध्यक्ष उम्मेद्वारी दिने भएका छन ।
गल्कोट समाज जापानका सचिव समेत रहेका न्यूउरे युवाहरु माँझ लोकप्रिय छन भने सामाजिक काममा त्यत्तिकै सक्रिय छन।
जापानमा जेनिथ रेमिटमा आबद्धसंगै ब्यबसाय गर्दै आएका न्यूउरे सानै उमेर देखि जापानमा सामाजिक कार्यमा सक्रिय छन ।
एक कार्यकाल टोकियो कान्तोको संयोजक भइ सफल कार्यकाल सम्पन्न गरेका न्यूउरे बिगत ८ बर्ष देखि एनआरएनए अभियानमा प्रत्यक्ष परोक्ष सहभागि हुदै आएका छन ।
पछिल्लो समयमा युवाहरुमाझ एनआरएनए प्रति देखिएको नैराश्यताबाट पाठ सिक्दै कसरी एनआरएनएलाइ सबैमाझ लोकप्रिय गराउन सकिन्छ भन्ने मुख्य कुरामा आफ्नो ध्यान केन्द्रित हुने न्यूउरेले बताउछन ।
साथै बिधार्थी केन्द्रित कार्यक्रममा समेत थप सक्रिय रहने उनको भनाइ छ।