टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी दुई वर्षें कार्यकाल २०१९-२१ का लागी यूबा उपाध्यक्ष पदमा नारायण खड्काले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
करिब १५ बर्ष पहिले अध्ययनका लागी जापान छिर्नू भएका खड्का हाल जापानको एक प्रतिष्ठित इन्जीनियरिंङ कम्पनीमा कार्यरत हुनुहुन्छ । पेशाले इन्जीनियर खड्का बिगत २००६ साल देखिनै प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनआरएनए जापानको अभियानमा सहभागी हुदै आऊनुभएको छ। सामाजिक पृष्ठभूमि बाट हुर्किएका खड्का नेपालमा समेत एनजीओ संचालन गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आऊनु भएको थियो । २०७२ सालमा नेपालमा गएको महाभुकम्म्पमा आफै नेपाल गएर १ बर्ष नेपालमैं बसी भूकम्प पिडित नेपालीहरुको दुःखको घाउमा मलम पट्टि लगाउने काममा सक्रिय रहँदै आफुलेकाम गर्ने कम्पनी र व्यक्तिगत सहयोगमा प्रभाबित क्षेत्रमा गएर ६५ वटा घर ४ वटा बिध्यालय पूननिर्माण गरी हस्तान्तरण गर्नुभएको थियो।
सामाजिक कार्यबाट नै आत्मा सन्तुष्टि प्राप्त हून्छ भन्ने मनोभाबनाका खड़का एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिमा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भई आफ्नो जिम्मेबारी कुशलता पूर्वक पूरा गरिसक्नु भएको छ।
पेशाले इन्जीनियर खड्काको उद्देश्य एनआरएनए मार्फत जापानमा रहेका सबै खाले नेपाली यूबा हरुलाई समेटी राष्ट्र निर्माणको अभियानमा शिप र प्रविधि ट्रान्सफर गर्दै यूबा सहभागितामूलक समाजको निर्माणमा आफु उन्मुख हूने प्रतिबद्धता सहित आफ्नो यूबा उपाध्यक्षमा उम्मेदबारी घोषणा गर्नु भएको छ।

