टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी दुई वर्षें कार्यकालको लागी अध्यक्ष पदमा शिवप्रसाद पौडेल उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
करिब १४ बर्ष पहिले अध्ययनका लागी जापान आउनु भएका पेशाले जापानका एक सफल नेपाली व्यवसायी पौडेल एक शशक्त उम्मेद्वार बताउनु भएको छ ।
पौडेलले एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिमा उपाध्यक्षमा प्रत्यक्ष निर्वाचित भई आफ्नो जिम्मेबारी कुशलता पूर्वक पूरा गरिसक्नु भएको छ ।
परदेशको शिप,प्रविधि स्वदेश निर्माणमा आफु उन्मुख हूने प्रतिबद्धता सहित आफु अध्यक्षमा उम्मेदबार घोषणा गरेको थप्नु भयो । व्यवसायीक सफलताका बिच पौडेलले आफुलाई पेशागत दायरा भित्र मात्र सिमित राख्नू नभएर जापानवासी नेपालीको लागि एक ईमानदार र सहयोगी नाम बनेको छन ।
समाजप्रति व्यक्तिको उत्तरदायित्व समाज सेवाको भावले कास्की पोखरा समाजको अध्यक्ष देखी गैरआवासिय नेपाली संघ जापानको उपाध्यक्षमा रहेर संस्थागत जिम्मेवारी सहि ढंगले पूरा गर्नु भएका पौडेलको व्यवसायिक सफलता पनी मिलेको छ ।
नेपालमा शिक्षक पेशामा आवद्द ‘मनमा अठोट, मेहनत अनि निरन्तर प्रयास गरे सफलता ढिलो चाँडो हात पार्न सकिने विश्वास भएका पौडेलले जापानवासी नेपालीको लागी सकेको सहयोग गर्दै आउनु भएको छ ।

