टोकियो । मृर्गौला रोगवाट पीडित केदार पुडासैनीको उपचारका लागि जापानवाट आर्थिक सहयोग पठाएको छ ।
अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष पुडासैनीको उपचारका लागि सहयोगको अपिल गरिएको थियो । जापानमा स्वःस्फूर्त रूपमा सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अपिल गरेका थियो ।
पुडासैनीको उपचारका लागि जापानमा संकलित रकम नेपाल पठाएको नुवाकोट समाज जापानका हरि लामिछानेले जानकारी दिनुभयो ।
सो अभियानमा अध्यक्ष लामिछानेसहित जगदिश खनाल,दिपक घिमिरे,राजकुमार पण्डित,राजेन्द्र अधिकारीको विशेष पहलमा गत आईतवार २ लाख १८ हजार २१ युनि मनि जापानवाट नेपाल पठाएको छ ।


