बिहिबार, बैशाख १३, २०८१

छात्रवृत्तीको नतिजा अगष्ट ५ मा विशेष कार्यक्रम गरि घोषणा गरिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिख घोषणा गरिने भएको छ ।

एनआरएनए जापानले जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दै आएको छ ।
जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ,तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धिराज घिमिरे ले जानकारी दिनुभयो ।

यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेका छन्। यहि जुलाई १ तारिखसम्म आवेदन दिई प्रकृया पुरा भएका बिधार्थीहरुको नामावली छात्रवृत्तीको लागि एक विशेष कार्यक्रमसहित घोषणा गरिने सो कार्यक्रम दिवा १३:०० बजेबाट आसागया स्थित साङ्ग्यो स्योको खाईखान हुने अध्यक्ष टाशी वाङदी लामाले बताउनु भएको छ ।