बिहिबार, असार ११, २०८३

पत्रकार महासंघ जापानको चौथों अधिवेशन सेप्टेम्वर २२ मा हुने,सदस्यता आवेदन खुल्ला

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२ तारिख अधिवेशन हुने भएको छ।
अध्यक्ष मोहन घलेको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
वैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मुल आयोजक समिति तयार गरेको छ।

यसैगरि वैठकले पत्रकार महासंघको सदस्य नविकरण क्रियासिल पत्रकारहरुका लागि नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरिएको छ ।
दुई वर्षें कार्यकाल रहेको पत्रकार महासंघको दुई वर्ष अघि अप्रिल १० तारिख पत्रकार महासंघको केन्द्रीय अध्यक्ष डा.महेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनबाट मोहन घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । हाल महासंघको साधारणसभाको बिधान समितिले एक वर्ष कार्यालय थपेर ३ वर्ष केन्द्रलाई सिफ़ारिस गरेपनी केन्द्रको परिपत्र नआएकोले पत्रकार महासंघ जापानको चौथों अधिवेशनको समय तोकेको थीएन ।

अगष्ट २० तारिखसम्म प्राप्त आवेदनलाई नयाँ सदस्यता वितरण गर्ने तथा पुराना सदस्यहरूको परिचयपत्र नविकरण गर्ने जनाएको छ। त्यसैगरी गरी प्राप्त आवेदनहरुलाई संयोजन गर्न महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरिएको छ। समितिले आवेदनहरूको आवश्यक छानविन गरि केन्द्रमा पठाउन सिफारिस गर्नेछ।

यसैगरी बैठकले अगष्ट ४ तारिख टोकियोमा जापानमा क्रियाशील अनलाईन पत्रिकाका सम्पादक तथा क्रियाशील पत्रकारहरुका वीच अन्तकृया कार्यक्रमको आयोजना गरिने भएको छ। अग्रज पत्रकार तथा जापानवासी नेपाली समुदायका विशिष्ठ पदाधीकारीहरूको सहभागितामा कार्यक्रमको आयोजना गरिने छ।

महासंघको रिक्त पदमा थापा र अधिकारी चयन
यसैगरि आईतबार बसेको नेपाल पत्रकार महासंघ जापान शाखा कार्यसमिति वैठकले महासंघमा रिक्त रहेको सदस्य पदमा सरीता थापा नागोया र गोर्कण अधिकारी टोकियोलाई पदपूर्ति गरिएको छ। जापानमा कृयाशिल पत्रकारिता गरेको आधारमा दुवैलाई सिफारिस गरिएको हो।

एनआरएनए जापानको उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने
यस्तै महासंघले आगामी सेप्टेम्बर ६ मा हुने गैरआवसीय नेपाली सघ एनआरएनए जापानको अधिवेशनको पूर्व सन्ध्यामा नयाँ पदाधिकारीहरूका आकांक्षाीहरूसंग बहस कार्यक्रम गर्ने भएको छ। खुल्ला बहस कार्यक्रममा पदाधीकारी पदका आकांक्षीहरूसंग अगष्ट महिनाको १८ तारिखमा टोकियोमा हुने छ ।