Nepali date


मङ्लबार, भदौ ३, २०७६

बाग्लुङ समाज जापानले तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने

टोकियो । बाग्लुङ समाज जापानले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने तथा तीज बार्बिक्यु कार्यक्रम गर्ने भएको छ । आगामी अगष्ट २५ तारिख अाइतवारका दिन कानागावा केनको मारुकोबाशी पार्कमा गरिने सामाजका सचिब बिरोध चालिसेले जानकारी दिनुभयो ।

कार्य समितिको बैठकबाट कार्यक्रम सम्पन्न गर्नको लागि बिभिन्न उपसमिती पनि गठन गरेको छ । जस्को संयोजकमा बिना खड्का र सुनिता श्रिस तथा सह-संयोजकमा गंगा कंडेल र लक्ष्मी केसीलाई जिम्मेवारि दिएको जनाईएको छ ।
भने अतिथी सत्कार तथा स्वागत को संयोजकमा बरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद कंडेल र यातायात तथा परिकार ब्यवस्थापनमा अध्यक्ष सिद्धार्थ श्रेष्ठलाई संयोजक तोकिएको अर्का सचिब राजु केसिले बताउनुभयो ।
नि-शुल्क सहभागि हुने ब्यवस्था सहित खुला पार्कमा आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउनको लागि सबै जापानबाशी नेपालीहरुमा सहभागिताको लागि अध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया