शुक्रबार, बैशाख ०७, २०८१

जापानको राम्रो कमाई छाडेर नेपाल फर्कनेको संख्या बढ्दो,खनाल परिवारलाई बिदाई

नागोगा । जापानको नागोयामा बस्दै आउनु भएका विनोद खनालको परिवारलाई शनिवार बिदाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम ओजोने जेन्टलमेन्ट रकिङ् ग्रुपले गरेको हो । खनालले जापानमा स्थायी बसोवासको अनुमति समेत प्राप्त गर्नु भएको थियो ।

जापानमा गाडीको पाटपूर्जा उत्पादन गर्ने एक कम्पनीमा उहा मेनेजर पदमा कार्यरत हुनुहुन्थ्यो । खनालको जापानमा राम्रो कमाई थियो र पनि किन नेपाल फर्कदै , हाम्रो जिज्ञासामा खनालले भन्नुभयो विदेशमा पैसा कमाएर नेपालमा आफ्नै ठाउँमा केही गर्न पर्छ भन्ने लागेर नेपाल र्फकने निष्कर्षमा पुगेको हुँ विदेशमा धेरै बस्ने होइन,यहा कमाएको पैसा,सिप नेपालमा लगाउनु पर्छ । हुन त मैले नेपालमा जापान जति कमाई गर्छु कि गर्दिन थाहा छैन। र पनि आफ्नो मातृर्भाम भनेको आफ्नै हो। यहा जति धेरै कमाई अनि सुविधा भएपनि आफ्नै देश प्यारो लाग्छ। नेपालमा बाँकी जिवन व्यवसाय संगै समाजसेवा गर्ने खनालको ईच्छा छ। आफु नेपाल हुदाँ देशमा अशान्तीअनि द्वन्दमा फसेको थियो। सबैलाई गरिखाने अवस्था थिएन। अहिले देशमा शान्ति सुव्यवस्था छ। लोडसेडिङ्ग हटेको छ । अहिले गरिखाने धेरै अवशरहरु छन् ।

पछिल्लो समयमा जापान राम्रो कमाई गरेर वसीरहेका नेपालीहरु पनि स(परिवार नेपाल फर्कने क्रम वढेको छ । पछिल्लो समयमा छोड्नेको संख्या बढ्नेक्रम छ केहि समयअघि मात्र चितवन रत्ननगरका सन्जीव खलान र भरतपुरका श्याम पन्त पनि स-परिवार जापान छोडेर नेपाल फर्केका थिए ।