बुधबार, बैशाख १९, २०८१

वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुल्दै

कैलाश खत्री,रामेछाप ।
असारको अन्तिम साता देखि भएको वर्षाका कारण अवरुद्ध भएका मन्थली नगरपालिका भित्रका सडकहरु क्रमशः खुल्न थालेका छन् । सावरीसाधन प्रयोग गरेर यात्र गर्ने नागरिकको समस्यालाई ध्यानमा राखेर मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेत आफै विदाको दिन समेत नभनी ठाउँ–ठाउँमा थुप्रेको ढुङ्गा र माटो हटाउन लागे पछि नगरपालिकाको केन्द्रबाट वडाहरुमा जाने अधिकासं सडकहरु चाँडै खुलेका हुन् ।

नगरपालिका भित्रको सडकमा पहिरोका कारण थुप्रिएको ढुङ्गा र माटो हटाएर सवारीसाधनहरु चल्ना थाले पछि स्थानीयलाई नगरपालिकाको केन्द्रमा सम्म आउन सहज भएको छ । मन्थली नगरपालिकाको केन्द्रबाट फुलासी पोखरी,गेलु,चनखु,पुरानागाउँ,कठजोर,मन्थली–सुनारपानी सालु सडक संचालनमा आएको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
यी सडकहरु संचालनमा ल्याउन एक साता लागेको छ । निरन्तरको वर्षाको कारणले सेलेघाटबाट भलुवाजोर जाने सडकमा अझै पनि अवरुद्ध हटेको छैन् । मन्थलीबाट सबै वडामा जाने केही सडकहरु केही दिन भित्रै संचालनमा आउने पनि नगर प्रमुख बस्नेतले बताउनुभयो ।
सडक अवरुद्ध भएको बेला यात्रुहरु मन्थलीबाट गाउँ सम्म पैदल यात्र गर्न बाध्य भएका थिए भने मन्थली आउनेहरुको संख्यामा पनि कमी आएको थियो ।