सोमबार, बैशाख ०७, २०८३

एनआरएनए जापान कान्तोको छैठौ अधिवेशन सम्पन्न, संयोजकमा सर्वसहमत राकेश रुम्बा चयन

टोकियो । गैरआवासीय नेपाली संघ,जापानको कान्तो क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न भएको छ ।
आज शनिवार टोकियोमा सम्पन्न अधिबेशनबाट संयोजक राकेश लामा रूम्बा सर्वसहमति चयन भएका छन ।

यस अघि कार्यसमितिको कोषाध्यक्ष रहेका रूम्बा संयोजकमा सहमतिमा चयन भएका हुन ।
एनआरएनए कांतोको अधिबेशनबाट सहमतिमा नेतृत्व चयन गरीएको निर्वाचन समितिका संयोजकमा शालिकराम भण्डारीले जानकारी दिनुभयो ।

कार्य समितिका पदाधिकारीहरू

संयोजक
१ राकेश लामा रूम्बा

उप -संयोजक
१. दीपेश खत्री
२. भीमसेन रायमाझी
३. चन्द्रा के.सी

सचिब
विमानसिंग मोक्तान

सह-सचिब
१-मनोज श्रेष्ठ
२-नेत्र पाण्डेय

कोषाध्यक्ष
सागर कार्क़ी

सह- कोषाध्यक्ष
सैलेंन्द्र खड़का

सदस्यहरु-
१. रमेश भण्डारी
२. अस्मिता महर्जन
३. बिप्लब सूबेदी(दिपक)
४. नीरा उपाध्याय
५- बिनोद राई
६- अनोज के.सी