सोमबार, बैशाख ०७, २०८३

गायिका रितु र गायक रोशनको तीज कोसेली’खिस्स हास्ने छोरो-२ ‘ सार्वजनिक (भिडियोसहित)

ललितपुर । गायिका रितु थापा मगर र गायक रोशन गैरेको नयाँ तीज गीत खिस्स हास्ने छोरो दजबग २ सार्वजनिक भएको छ ।
तीज कोसेली स्वरूप रहेको लोकदोहोरी ’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो रोशन गैरेको युटुव मार्फत बजारमा आएको छ ।

नेपाली म्युजिक भिडियोको बजार संकुचित बन्दै गएको अवस्थामा आफना दर्शक तथा श्रोताको माग अनुसारको यस गीतलाई आम रुपमा ल्याएको बताएको छ ।
गायिका रितु थापा मगर र गायक रोशन गैरेको आवाजमा रहेको गीतमा नेपाली समाजमा छोरा र छोरीबीचमा घरमा गर्ने ब्यवहारका भावहरुलाई रोचक रुपमा ब्यक्त गरिएको छ ।

लय/शब्द रोशण गैरे रहेको उक्त गित राशिका डिजिटल प्रालिवाट बजारमा ल्याएको छ ।

उक्त म्युजिक भिडियोको करिष्मा ढकालले निर्देशन गरेकी छिन् । म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका हुन भने रोशन गैरे र करिष्मा ढकालले अभिनय गरेको छ ।