सोमबार, बैशाख ०७, २०८३

रामेछापको सानीमदौ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिने

कैलाश खत्री,रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित सानीमदौ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिने भएको छ । मन्थली क्याम्पस भन्दा माथी खुल्ला वनक्षेत्रको पाखामा विरुवा लगाईने भएको हो । त्यस प्रयोजनको लागी अहिले पाँच हेक्टर खुल्ला ठाउँमा तिन फिट गहिरो नौ सय ओटा खाडल तयार गरिएको छ ।

सुख्खा पाखोलाई हरियालीमा परिणत गर्ने उद्धेश्यले वृहत्त वृक्षारोपण महाअभियान अन्तर्गत यो वर्षायाममा २ हजार विरुवा रोपिने सानीमदौ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनाको पहिलो साताभित्र सामुदायिक वन क्षेत्रमा निम,क्यासिया,श्रीखण्ड,लिचि,आँप लगाएतका विरुवाहरु रोपिने छन् । आवश्यक विरुवा वातावरण संरक्षण परियोजनाले उपलब्ध गराउने कोषाध्यक्ष सुवेदीले बताउनुभयो ।

वर्षायाममा घाँसमात्र हुने र हिउँदमा सुक्खा हुने सानीमदौ सामुदायिक वन क्षेत्रमा अव विरुवा लगाएर हरियाली बनाउने बताईएको छ । विरुवालाई सिंचाईको लागी पाईपलाईन मार्फत पानी पु¥याईने सामुदायिक वनका अध्यक्ष अम्बिका प्रसाद काफ्लेले बताउनुभयो । हरियाली प्रवद्र्धनसंगै वातावरण संरक्षणसमेत हुने अध्यक्ष काफ्लेको भनाई रहेको छ । वनका उपभोक्ताहरुले स्वयमसेवी रुपमा विरुवा लगाउन खाड्ल खन्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।