Nepali date


आइतवार, मंसिर २९, २०७६

जापानको नागोयामा एनआरएनएकै चर्चा, को-को छन् त आकांक्षी ?

कविकिरण न्यौपाने,नागोया ।
एनआरएनए जापानको क्षेत्रिय समिति नागोयाले आफ्नो अधिवेशनको मिति तोकेको छ । नागोया क्षेत्रिय समितिको वैठकले आगामी अधिवेशन जुलाई २७ तारिक सनिवारको लागि तोकेको हो ।

यसअघि अधिवेशन भएकै हल नागोयाको नाकाकु १-७-२ मा अपरान्ह्र १२ बाट अधिवेशन शुरु हुने एनआरएनए नागोया क्षेत्रिय समितिका सचिव श्याम सितल बताउनु भयो ।
अधिवेशन सम्पन्न गर्न व्यवशायी विमल अधिकारीको संयोजकत्वमा ३ सदस्यिय निर्वाचन कमिटि गठन गरिएको छ। जस्मा सदस्यहरुमा नागोयाकै व्यवशायीहरु यम खत्री र सुरज काफ्ले रहनु भएको छ। हामीहरू सकेसम्म अव बन्ने नयाँ समिति सर्वसहमत बाटनै चयन होस् भन्ने पक्षमा रहेका छौं निर्वाचन कमिटिका संयोजक अधिकारीको भनाई छ ।

यतिवेला प्रत्येक देशका क्षेत्र हुँदै एनआरएनए राष्ट्रिय अधिवेशन सम्पन्न र्गार अन्तर्राष्ट्रिय अधिवेशन दशैंमा काठमाडौंमा गर्नको लागी चटारो नै छ। अधिवेशन पूर्व सन्ध्यामा उमेदवारहरु आफ्नो प्रचार- प्रसारमा लागी सकेका छन्। जापानको नागोयामा भने अहिलेको जस्तो कृयाशिल समिति जस्तै नयाँ नेतृत्व आए हुन्थ्यो भन्ने नागोयावासी धेरैको चाहाना रहेको पाइन्छ। नेपालीको लागि नेपाली भन्ने मूल नारालाई आत्मासाथ गर्दै यस क्षेत्रमा कुनै पनि नेपालीलाई समस्या पर्दा एनआरएनए पुग्ने गरेको जुन सराहनिय छ , एनआरएनए नागोयाका पूर्वसचिव प्रकाश गौडेलको बुझाई छ ।

हालै मात्र नागोयामा पहिलो पटक सफलता पूर्वक सम्पन्न नेपाल फेस्टिवलका कारण पनि एनआरएनए लाई सकारात्मक हेर्ने दृष्ट्रिकोष रहेको पाइन्छ । सेनमोन गाकको , होइकु काइगो बिजिनेस नागोयामा कार्यरत किरण तिवारी तथा नागोयाकै चुवु युनिर्भसिटीमा कार्यरत डा. सुदिप अधिकारीको तर्क भने यौट्टै छ , हाम्रालाई होइन , राम्रालाई अवशर दिनु पर्छ। यसै तर्क संग सहमत हुँदै जो कोही पनि नेतृतमा आउनु अघि आफुले कति समय दिन सक्छु भन्ने हेक्का हुनु पर्ने नेपाल साहित्य समाज , जापान च्याप्टरका पूर्व अध्यक्ष एवं एनआरएनए नागोयाका पूर्व संयोजक विष्णु प्रसाद घिमिरेको तर्क छ। टोयोटामा बस्दै आउनु भएकी राधा थापाका अनुसार एनआरएनए , नागोयाले धेरै सकारात्मक कार्यहरु गरेको छ ,अव बन्ने समितिमा सामाजिक मन भएकाहरु आउनु पर्छ । अझै महिलाहरुलाई समेत समेटेर अगाडी बढ्ने हो भने सुनमा सुगन्ध जस्तै हुने उहाको धारणा छ।

नागोया क्षेत्रिय अधिवेशनको बारेमा जापान भरि नै चासोका साथ हेर्ने गरिन्छ । १ लाखको हाराहारीमा नेपालीहरु बस्दै आएको जापानमा १४ वटा क्षेत्रिय समितिहरु रहेका छन्। नागोयाबाट एनआरएनए जापानको केन्द्रमा विभिन्न समयमा पारश र्माण पोखरेल अध्यक्ष, डिलाराम खरेल उपाध्यक्ष ,डा सुदिप अधिकारी महासचिव , सरोज कँडेल सचिव ,संन्देश पोख्रेल प्रवक्ता, कार्य समितिमा चिरंजीवी सिग्देल , केशर गिरी ,दिपक केसी , एशिया प्यासिफिक उप- संयोजकमा गोविन्द्र श्रेष्ठ लगाएत रहेको इतिहास छ। त्यस बाहेक हाल नागोयावाट एनआरएनए आईसिसि सदस्यमा डिलाराम खरेल र केशर गिरी रहनु भएको छ भने एशिया प्यासिफिक उप- संयोजक पारश र्माण पोखरेल र एनआरएन ,जापानको केन्द्रिय समिति सदस्यमा राजकुमार अधिकारी रहनु भएको छ ।

नागोयावाट एनआरएनएका नेता बन्न चाहनेहरू
एनआरएनए आईसिसि अध्यक्षमा भवन भट्ट र जापानको अध्यक्षमा टाँसी लामाले पू्न कार्यकाल दोहराउन चाहेको चर्चा चलिरहदा नागोयाका व्यवशायी गोविन्द्र श्रेष्ठ आफ्नो उमेदवारी घोषणा गर्न पहिलानै हुनु भएको छ । उहाँले एशिया प्यासिफिकको संयोजकमा उमेदवारी दिने बताउनु भएको हो। यसअघिको सोही पदमा पराजित श्रेष्ठ आफूले त्यस बेला झिनो मतले हारेपनि आफु एनआरएनको हरेक गतिविधीमा सरिक भएको बताउँदै यसपालि आफु अत्याधिक मतले विजयी हुने दावी गर्नु भयो।

त्यस्तै एशिया प्यासिफिक को संयोजकमा उमेद्वारी हुने नागोयाकै हालका एशिया प्यासिफिकका उप- संयोजक पारश माणि पोखरेलले बताउनु भएको छ। म एनआरएन जापानको पूर्व अध्यक्ष र हाल एशिया प्यासिफिकको उप संयोजकमा निरन्तर लागि रहेको छु । एनआरएनए जापानमा २००४ बाट निरन्तर यो अभियानमा संलग्न छु l यो पटक एसिया प्यासिफिकको संयोजक पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु l आफुलाई दिएको जिम्मेवारी आफुले ईमान्दारीता पूर्वक र्निवाह गरेकोले यस पटक पनि सवै बाट साथ र सहयोग पाउने पोखरेलको भनाई छ। सोही पदमा एनआरएनए ,जापानका पूर्व अध्यक्ष एवं आईसिसि सदस्य ओम गुरुङ्गको समेत चर्चा छ ।

नागोयाको क्षेत्रिय संयोजकमा भने अहिले सम्म ३ जनाले ईच्छा जनाएका छन् । क्षेत्रिय समितिका वर्तमान सचिव श्याम सितलले सबैको विश्वास पाए आफु अध्यक्ष भएर काम गर्न चाहेको बताउनु भयो। त्यस्तै अर्का एनआरएनए , जापानका वर्तमान कार्यसमिति सदस्य समेत रहेका राजकुमार अधिकारी सहमतिमा आफु यस क्षेत्रको अध्यक्ष बन्न चाहेको बताउनुहुन्छ। त्यस्तै यसै क्षेत्रका पूर्व उपाध्यक्ष अर्जुन केसीले पनि संयोजकको लागी उमेद्वारी घोषणा गर्नु भएको छ। यसअघि नागोया क्षेत्रिय समितिको उपाध्यक्ष भई सक्नु भएका केसी अर्लाकोट समाज,जापानका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

केसीका अनुसार आफु नागोया क्षेत्रिय समितिको सदस्य हुँदै उपाध्यक्ष भएको र गत अधिवेशनमा आफुले सहमतिको लागी उमेद्वारी नदिएको स्मरण गर्दै यसपालि सबैले आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नागोया क्षेत्रिय समितिका वर्तमान संयोजक दिपक कार्कीको भने एनआरएनए ,जापानको उपाध्यक्षमा उमेदवारी बन्ने चर्चा छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया