Nepali date


शनिबार, कार्तिक २, २०७६

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता,समसामयिक विषयमा २ घण्टा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार अपरान्ह भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड अपरान्ह शितल निवास छिरेका थिए ।

२ घण्टा लामो भेटमा समसामयीक राजनीतिका विषयमा राष्ट्रपतिले जिज्ञासा राखेको र अध्यक्ष प्रचण्डले जानकारी गराएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालय श्रोतका अनुसार छलफलमा प्रचण्ड र राष्ट्रपतिका बीचमा नेकपाको जारी एकता प्रकृया,सरकार फेरबदलका संभावना, र विप्लव समूहले बढाएको फौजी गतिविधि र आजै राष्ट्रपतिको गृहजिल्ला समेत रहेको भोजपुरमा भएको भिडन्तका विषयमा जिज्ञासा राखेकी हुन् ।
जवाफमा प्रचण्डले पार्टी एकताको काम निष्कर्शमा पुग्नै लागेको,सरकारका मन्त्रीहरु बदल्ने विषयमा प्रधानमन्त्रीले नै अन्तिम निर्णय गर्ने र विप्लव माओवादीको सक्रियतालाई सरकारले गंभिर रुपमा ह्याडिल गर्नुपर्ने कुरा गरेको श्रोतको दावी छ ।
राष्ट्रपति भण्डारीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकि थिईन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया