शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा लगानी गर्ने वारे जापान नेपाल सोसाईटीको छलफल सम्पन्न

टोकियो । नेपाल जापानविच रहेको एेतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको जापान नेपाल फ़्रेण्डशिप सोसाईटीको हालै सम्पन्न बैठकले जापानिज नयॉ शताब्दी रेईवाको धोषणसगै नयॉ वर्षको योजनाहरु तय गरेको छ ।

जापान नेपाल सोसाईटीको अध्यक्ष तादासि यामागिसिको अध्यक्षतमा टोकियोमा बुधवार सम्पन्न बैठकले गएको वर्षमा भएको कामहरुको समीक्षा एवं नयॉ शताब्दी रेईवामा गर्ने सकिने योजनाहरुका बारेमा प्रस्ताव गर्नु भएको थियो ।

अध्यक्ष यामागिसिले गर्नु भएको प्रस्तावमा जलविधुत र नेपालमा पाईने हिमालय जडिबुटी क्षेत्रमा लगानी गरिने प्रस्ताव गर्नुभयो । सोसाईटिले जापान र नेपाल विच सहकार्य बढाउन जापानिज नागरिकहरुको सहभागितामा जापानम एउटा समिति र नेपाल नेपालीहरुको सहभागितामा नेपलमा समिति निर्माणगरी ब्यबसाय, सामाजिक सहयोग एवं अनुभव र प्रविधिको आदन प्रदान गर्दै आईरहेको छ ।

जापानको इतिहासमा जापानमा नयॉ सम्राटको नयॉ कार्यकालसगै शताब्दी परिवर्तन हुने गर्दछ । सम्पन्न बैठक र योजनाहरुको बारेमा जानकारी दिदै सोसाईटिका उपध्यक्ष कर्पु शेर्पाले विगतको वर्षहरु जस्तै यस वर्ष पनि सोसाईटिले लगानीका लागि दुबै देशका लगनीकर्ताहरुलाई उपयुक्त क्षेत्रको छनौट, वतावरणको निर्माण एवं कानुनि सहायतासगै अनुभवको आदनप्रदानलाई प्राथमिकता राखिएको जानकारी दिनु भयो ।

शेर्पाले यस शताब्दीको शुरुआत सगै नेपालमा देखिएको राजनैतिक स्थिरता एवं लगानीको वतावरण उत्तम रहेको हुदा सोसाईटिको लक्ष्य अनुसारको योजनाहरुले मूर्तरुप लिने विस्वास ब्यक्त गर्नु भयो ।

सोसईटीले संस्थालाई ब्यबसायिक सहजताका लागि अधिकतम उपयोगितामा ल्याउने बतउदै नेपालमा यसको उपस्थिति दरिलो बनाउदै लैजाने योजनाहरु पारित गरेको छ ।