काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक वोलाएका छन् ।
मन्त्रिपरिषद्को बैठक साेमबार वा बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्रीले आकस्मिक रुपमा मंगलबार बिहान ७ बजेका लागि सिंहदरबारमा बैठक बाेलाएका हुन्।
आजको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ । आजको बैठकले सोमबार प्रवेश गराइएका विषयमा छलफल गर्ने र निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।
केही समयदेखि सरकारका कदमहरु लगातार विवादित बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ। मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री अनसन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको थियो।
मन्त्रीहरुको हेरफेर हुने विषयमा अड्कलबाजी चलिरहँदा केही मन्त्रीले सार्वजनिक रुपमै आफूलाई पद त्याग्न कुनै समस्या नरहेको पनि बताउँदै आएका थिए।

