Nepali date


शनिबार, अशोज ४, २०७६

अगष्ट २५ मा नेपाल तामाङ समाज जापानको ‘डम्फु साँझ-२०१९’ हुँदै

टोकियो,शान्त पहरी । नेपाल तामाङ समाज जापानको टोकियोमा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तामाङ समाज जापानको आइतवारको समाजका अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा बसेको बैठकले अगष्ट २५ मा डम्फु साँझ साँझ ४ बजेबाट टोकियो रोधी घरमा गर्ने निर्णय भएको हो ।

उक्त डम्फु साँझ कार्यक्रममा जापानमा रहेको नेपालका चर्चित कलाकारहरुको बिशेष प्रस्तुति रहने आयोजक सँस्था तामाङ समाज जापानका महासचिव हिमाल लामाले जानकारी दिनुभयो ।

जापानमा रहेको तामाङ समुदायलाई एकत्रित गरी भाषा, परम्परा लगायतका आफ्ना साँस्कृतिक धरोहरका विविध पक्षलाई संरक्षण एवं सबर्द्धन गर्दै आपसी भाईचारा, मेलमिलाप र सम्बन्धमा बिकास एवं बिस्तार गर्दै आईरहेको तामाङ समाज जापानले हरेक बर्ष डम्फू साँझ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

स्मरण रहोस्,डम्फू तामाङ जातिहरुको लोकबाजा टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ मध्येको एक हो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, भुटान, भारतको आसाम, मिनिपुर, इम्फाल, दार्जिलिङ र सिक्किमवासी तामाङ जातिहरुको कुनै पनि कार्यक्रममा डम्फूले बिशेष महत्व राख्ने गरेको पाइन्छ ।
तामाङ समाजमा विवाह, छेवर (ब्रतबन्ध) देखि सामान्य जमघटमा डम्फू बजाएर सेलो गाउने र नाच्ने चलन छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया