Nepali date


शुक्रबार, साउन ३, २०७६

जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन

जापान । जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन भएको छ ।
नेपाल बाग्लुङ जिल्ला गल्कोटका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आएका घर्तीको जापानको साईतामा केनमा निधन भएको जनाएको छ ।

शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोसभएपछि एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताईएको छ ।
मृत्तक घर्तीको श्रीमति र एक छोरारहेका छन् । अस्पतालले घर्तीको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको परिवारले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया