Nepali date


शुक्रबार, साउन ३, २०७६

प्रदेश ३ का सबै जिल्लामा समान रुपले बजेट वितरण : प्रदेशमन्त्री ढुंगेल

रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले तीन नम्बर प्रदेशभित्रका कुनै जिल्लालाई पनि आफुले विभेद नगरेको बताएका छन् । आफुमाथि आफ्नो गृहजिल्लामा मात्रै धेरै पैसा पठायो भन्ने आरोप लाग्ने गरेको भन्दै उनले प्रदेश ३ का सबै जिल्लामा समानरुपले बजेट पठाएको दावि गरे ।

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुममा शनिबार एशीयाली विकास बैंकको सहयोगमा बनाएको बिष्णु जनज्योति माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्दै मन्त्री ढुंगेलले यस्तो बताएका हुन् ।
मन्त्री ढुंगेलले रामेछाप जिल्लाका स्थानीय तहहरुले मागेको ठाउँमा आफुले कुनै कुराको तलमाथि नगरी बजेट पठाएको बताए । त्यसको सहि ठाउँमा प्रयोग र सदुपयोग हुनुपर्नेमा भने उनले जोड दिए । आफुले पठाएको बजेटको कहि कतै तलमाथि भएको कुरा आएमा त्यस्ता ठाउँमा आगामी बर्षहरुमा प्रदेश ३ सरकारले बजेट नपठाउने समेत उनले चेतावनी समेत दिए ।
उनले कृषि , सडक र खानेपानीलाई विशेष महत्व दिएर काम गरिरहेको बताए । दुईतिहाई सरकारले धेरै ठुला काम गरेको भएपनि सरकारले केहि गर्न नसक्ने तत्वहरु रहेको उनको भनाई छ । सरकारले कृषि ,खानेपानी,सडक पुर्वाधार विकास,पर्यटन विकासका क्षेत्रमा निकै महत्वपुर्ण काम गरेको नदेख्नेले मुलुकको विकास विकास विरोधी भएको आरोप लगाए । जसले जे जे भनेपनि वर्तमान सरकारलाई कसैले केहि गर्न नसक्ने उनले दावि गरे । मुलुकको विकासको विकल्पनै वर्तमान सरकारले भएकाले सवै क्षेत्रको यहि सरकारले विकास गरी सवै नागरिकको मन मनमा बस्ने बताए ।
छात्र छात्रा शौचालयसहित ४ वटा भवन र १९ कोठे विद्यालय भवन लुम्वीनी खानीदेवी निर्माण कम्पनीले ६ करोड ६९ लाख लागतमा निर्माण गरेको हो । कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ, पुननिर्माण प्राधिकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापका प्रमुख निर्मल घिमिरे, खाँडादेवी ६ का वडाअध्यक्ष पुष्कर कार्की लगायतले विद्यालयको नयाँ आधुनिक भवन निर्माण भएपछि शिक्षाको गुणस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरे ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया