Nepali date


शनिबार, अशोज ४, २०७६

तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक ( भिडियोसहित…)

काठमाडौं । हरितालिका तिज नजिकिदै गर्दा गायिका तथा मोडल सम्झना लामिछाने मगर र गायक गणेश न्यौपानेको संयुक्त आवाजमा तीज गीत ‘के साह्रो जिस्केको’ सार्वजनिक भएको छ ।
गायक न्यौपाने र गायिका सम्झना लामिछाने मगरको संयुक्त आवाजमा के साह्रो जिस्केको भन्दै एकले अर्कोलाई आक्षेप लगाइएको उक्त गीतमा रबिन लामिछानेको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक भान्जाले संगीत संयोजन गरेका हुन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ गरेका छन् । सोही गीतको भिडियो गायिका लामिछाने मगरकै युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक प्रकाश भट्टद्वारा निर्देशन गरिएको उक्त भिडियोलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् ।

बिष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको दृश्य निर्माण रहेको छ । त्यस्तै पछिल्लो समय ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ बोलको गीतबाट थप चर्चामा आएका गायक तथा मोडल प्रकाश सपुत र गायिका सम्झना लामिछाने मगरले नै उक्त भिडियोमा अभिनय गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया