काठमाडौं । भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो ।
दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको छ ।
सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने स्रोतले बताएको छ ।

