Nepali date


शुक्रबार, साउन ३, २०७६

फुकुओकामा प्रेरणादायी अभिमुखीकरण कार्यक्रम हुने,प्रमुख वक्तामा राजेश हमाल

जापान,सूर्य कुँवर । फुकुओकामा रहेका नेपालीहरुलाई लक्षित गरी प्रेरणादायी तेश्रो अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।
आगामी अगस्ट ३१ तारिख शनिवारका दिन नेपालीहरुमा विद्यमान चुनौतीहरुको सामना गर्दै संभावनाहरुको खोजी गरी अगाडि बढ्न सक्षम बन्न उत्प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

सो कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी वक्ताहरुले प्रेरणादायी मन्तव्य दिने भएका छन् । कार्यक्रमका प्रमुख वक्ताकोरुपमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल रहने भएका छन् भने कार्यक्रम संयोजक धर्मराज अधिकारीको विशेष प्रस्तुती रहने भएको छ ।

फुकुओकाको हाकाता स्थित योशिजुका होन्चोमा हुने सो कार्यक्रम अपरान्ह १ बजेदेखि हुने बताईएको छ । ‘हाम्रो नेपाल, हामी नेपाली अभियान जापान’ को आयोजनामा हुन लागेको ’नेपाली समाज बृहद अभिमुखीकरण कार्यक्रम -२०१९’ मा उपस्थित भई लाभान्वित हुन क्युशु क्षेत्रमा रहेका नेपालीहरुमा अपील गरिएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया