शुक्रबार, बैशाख १४, २०८१

जापान रहेको विद्यार्थीहरुको दुई संस्थाबिच एकता प्रारम्भ

टोकियो । जापान रहेको विद्यार्थीहरुको दुई संस्थाबिच एकताको प्रारम्भ भएको छ ।
नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज )बिच एकता शुरु भएको छ ।
एकता पछी संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहनेगरी दुई संस्थाका प्रतिनिधि बिच हस्ताक्षर समेत भएको जनाईएको छ ।
तत्कालको लागि दुबै संस्थाबाट ११ सदस्सिय मुल आयोजक समिती बनाउने तथा एक जना संरक्षक नेपाल जापान समाजको तर्फबाट चयन गर्नेगरी कार्यबिधी तयार पारिएको छ ।
नेपाल जापान विद्यार्थी समाजको तर्फबाट चेतन पौडेल र कृष्ण प्रसाद भुसाल तथा नेपाली विद्यार्थी समाज जापानको तर्फबाट तेज प्रकाश गुरुङ् र सुमन श्रेष्ठले पहिलो चरणका उपलब्धिलाई कार्यान्वयन गर्ने गरी हस्ताक्षर गर्नुभएको छ ।
एकता पछीको मुल अायोजक समितिले महाधिबेशन सम्म दश लाखको आपत्कालिन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित यही जुलाई ७ तारिख सम्ममा बिधान लगायत सबै पक्षमा सहमति जुताउने नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेलले बताउनुभएको छ ।
१९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकताले सार्थकता पाउदै विद्यार्थीको हक ,हित ,अधिकार र अाइपर्ने समस्या समाधानको लागि पनि एकता महशुस भएको र सोही अनुसार प्रक्रिया अगाडि बढाईएको नेपाली विद्यार्थी समाजका तेज प्रकाश गुरुङ्ले बताउनुभयो ।