बिहिबार, असार ११, २०८३

कार्यालय खर्च कटौती गरी एनआरएन जापानले ५० जना जेहेन्दार बिधार्थीलाई नेपालमा छात्रवृति दिने

टोकियो । ग़ैरआवासीय नेपाली संघ (एनआरएनए)जापान २०१७-१९ कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार बिध्यार्थीका लागी छात्रवृति प्रदान गर्ने भएको छ।
एनसीसी जापानले आफ्नो कार्यकालको उत्तरार्ध अर्को सराहनीय कार्यको सुरूवात गरेको छ।प्रत्यक देशका एनसिसि अध्यक्षहरुले यउटा प्रोजेक्ट तयार गरी आआफ्नो जिल्लामा लान पाउने आई सी सी को निर्णय र कार्ययोजना अनुसार यो प्रोजेक्टलाई एनआरएनए जापानले नेपालका ५० जना बिधार्थीहरूका लागि शिक्षामा सहयोग गर्ने भएको हो।

गैरआवसीय नेपाली संघ जापानले बिगत ५ बर्ष देखि कार्यालयको भाडा , बत्ती, पानीको शुल्क सहित ८० हजारको हाराहारिमा भुक्तानी गर्दै आएको थियो।उक्त रकम कार्यसमितिका सदस्यहरूले प्रत्येक महिना बुझाउने लेवि बाट संकलित रकम हो। एसरी संकलित रकम आर्थिक मितव्ययिता केहि उदेश्य र योजना सहित कम भाडादर भएको ठाऊमा कार्यालय स्थान्तरण गर्दै बचत रकम बाट नेपालका दुर्गम जिल्लाका बिधार्थीको शिक्षामा सहयोग पुग्ने गरि प्रयोजनमा ल्याउने भएको छ।
पुरानो कार्यलय हलमा कार्यसमितिको पूर्ण बैठक बस्दा समेत ठाऊ अपुग हूने भएपछि नयाँ विकल्प खोजीएको र हालको कार्यलय पुरानो भन्दा ठुलो रहेकोले जापान स्थित अन्य नेपाली संघ संस्थाले समेत बैठक तथा सेमिनारको लागि प्रयोजन गर्न मिल्ने र सम्बंधित संस्थाको लागि लकर समेत राखिदिने सुबिधा पनि उपलव्ध छ।
मासिकरूपमा कार्यलय खर्च बाट बचत हून आएको ५मान यन ५०००० रूपैया नेपालमा २ बर्ष सम्मका लागी हाललाई ५० जना बिधार्थी को लागी शिक्षा क्षेत्रमा प्रयोग हुने गरि वितरण गरिएको र यो योजना प्रभावकारी भएमा अन्य स्रोत खोजी थप सहयोग गरिने अध्यक्ष टासि वाङदी लामा ले बताऊँनू भयो।
हाललाई ५० जनाको कोटामा नेपालको मनाङ जिल्ला बाट १५ जना ,लमजुङबाट ५ जना , वागलुङबाट ५ जना ,पर्वत बाट ५ जना,पाल्पा बाट ५ जना ,सुदुरपश्चिम बाट ५ जना मुस्ताङबाट ५ जना र रामेछापबाट ५ जना बिधार्थीको लागि उक्त छात्रवृति प्रदान गरिने भएको छ।उक्त सहयोग एनआरएनए जापानले एनआरएनए आईसिसिको काठमाडौं स्थित सचिवालय मार्फत सहजिकरण गर्ने गरि सहयोग रकम हस्तान्तरण गर्ने जनाएको छ ।