बिहिबार, असार ११, २०८३

संस्थाको उद्देश्यभन्दा फरक गतिबिधि नगर्न एनआरएनए जापानको अपील

टोकियो । गैरआवसीय नेपाली संघ जापानले आफ़नो संस्थाको उद्देश्य भन्दा फरक गतिबिधि नगर्न अपील गरेको छ ।
सोमवार एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा र महासचिव बुद्धिराज घिमिरेको संयुक्त एक प्रेस विज्ञप्ति प्रकाशन गरी सो अपील गरेको हो ।
जापानमा अबका दिनमा जूनसुकै संस्थाले जापानको नियम अनुसार दर्ता गरि संचालन गर्न र आफ्नो उद्देश्य भन्दा फरक गतिबिधि नगर्न र सामाजिक एकता,हार्दिकता,अनुशासनमा रहन र नेपाली समाजलाई सामाजिक विचलन रहित संस्थागत गर्दै आ-आफ्नो संस्था संचालनका लागि हार्दिक अपिल गर्दै
बृहत्तर दायरा भित्र रही जापानमा बस्ने नेपालीहरूको हकहितलाई पक्षपोषण गर्नुका साथै एकताबद्ध गर्ने तथा देश भित्र र बाहिर गैरआवसीयहरूको उद्देश्य र मर्मलाई स्थापित गर्न सहयोगी बन्ने र राष्ट्रीय सम्बृद्धि अभियानमा सामूहिक रुपमा ज्ञान ,शिप, पूँजी, प्रबिधि र पर्यटनलाई रेमिट्यान्स र प्रवर्धन गर्ने मूलभूत उदेश्य रहदै आएको जनाएको छ।

पछिल्लो समयमा जापानमा नेपालीहरूको आगमनमा बृद्धी भएसंगै सामाजिक संघ-संस्थाहरू सयौंको हाराहारीमा विद्यमान छन्।सामाजिक संघ संस्थाहरू पवित्र उद्देश्य,एकता र भातृत्वको परीकल्पना सहित खोलिएका भयता पनी केहि समय यता जापान प्रशासन र मिडियामा केहि व्यक्तिलाई संघ संस्था संग जोरेर समाचारहरु संप्रेषण भैरहेको र नेपाली संघ संस्थाहरूको उद्देश्यमाथिनै नकारात्मक प्रभाव पर्न आएको अहिलेको परिस्थिति प्रति एनआरएनए जापानको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

साथै जापानमा गैर नाफामूलक संस्था दर्ता गर्ने प्रकृयाको बारेमा विस्तृत जानकारी लिन वा आवश्यक प्रकृयाको लागि ईच्छुक हुनुहुन्छ भने एनआरएन जापानको अफिसमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।