सोमबार, बैशाख ०७, २०८३

रामेछाप उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक जोडिएपछि खुसीयाली

रामेछाप,पुष्कर खड्का ।
रामेछाप जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको गौरबको आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ ।

गाउँपालिकाले गौरवको योजनामा राखेर अगाडि बढाएको गुम्देल–चरी–थाल्चे च्याँउके मध्यमार्गी सड्क सञ्जाल जोडिएपछि खुसीयाली छाएको छ,उमाकुण्ड गाउँपालिकाकी उपाध्पक्ष उर्मिलपा कार्कीले गाउँपालिकाको करिब २ करोड भन्दा बढी बजेटमा मध्यमार्गी सडक निर्माण गरिएको बताइन ।
उनका अनुसार गाउँपालिकासम्म बर्षादको समयमा पनि गाडी आवत जावत गर्न सहर्ज होस भनि बिभिन्न ठाउँमा सोलिङ अथवा सड्कको मध्ये भागमा जेसीसिबी राखेर पहिरो जान सक्ने ठाउँमा समस्को समाधान गरिनेछ ।

गाउँपालिकासम्म सड्क सञ्जाल जोडिएपछि गुम्देलदेखि भुजीसम्मका जन्ता खुसी भएका छन भने सड्कलाई हिउँद बर्षासम्म गाडी चल्न सक्ने ब्यबस्था मिलाउन गाउँपालिका लाई स्थानीयले पनि आग्रह गरेका छन ।