Nepali date


शुक्रबार, साउन ३, २०७६

जापानवाट कृष्ण लामाको पहिलो गीत ‘कोही न कोही’सार्वजनिक (भिडियोसहित..)

टोकियो । जापानमा कर्मथलो बनाउदै आएका नव गायक कृष्ण लामाको स्वरमा रहेको आधुनिक गीत ‘कोही न कोही’सार्वजनिक भएको छ ।
जापानको राजधानी टोकियोमा एक कार्यक्रम गरि शनिवार नव गायक लामाको पहिलो गीत‘कोही न कोही’सार्वजनिक भएको हो ।
नुवाकोट त्रिसुलीका लामा हाल काठमाडौंको गंगवुका बासिन्दा हुन । लामा गायनसंगै मोड्ल र ग्राफिक डिजाईनर पनि हुन ।
उक्त गीतमा जोन छन्त्याल्को भाषा संकलन,रमेशराज भट्टराईको संगीत रहेको‘कोही न कोही’ बोलको आधुनिक गीत र म्युजिक भिडियो हाइलाइट्स नेपालले आईतवार बजारमा ल्याएको छ । यस गीतको म्यूजिक भिडियो यूट्यूबमा सार्वजनिक गरिएको छ ।
उक्त गीतको म्युजिक भिडियो जापानको विभिन्न रमणीय स्थलहरुमा सुटिङ गरिएको छ । यस गीतको भिडियोमा गायक स्वयम् कृष्ण लामा,परिधि झा,आरोही सुवेदी र लाभान्सी कार्कीको अभियन रहेको छ ।
यस गीतलाई दिलिप श्रेष्ठले निर्देशन,समन्वयक भिविन गौतम,क्यामरा श्रवण भट्टराई र दृष्य सम्पादन शिव पुरीले गर्नु भएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया